काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ। दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका […]
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजः उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं,कात्तिक १०-
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ। बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ। पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ। यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा छ। नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो।
यसै सिरिजमा हङकङविरुद्ध कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि १४५ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए। सिरिजमा हालसम्म १४७ रन बनाएका आसिफ सेख सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन्। १० विकेट लिएका करण केसी र ७ विकेट लिएका सोमपाल कामी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई स्थानमा छन्। कुशल मल्ल, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी राम्रो लयमा छन्।
आईसीसी टी-ट्वेन्टी विश्वकप छनोटअघि नेपाल र यूएईका लागि यो अन्तिम खेल हो। त्यसकारण टिमको कमजोरी पत्ता लगाउन र रणनीति बनाउन यो खेल दुवै टिमका लागि निकै महत्त्वपूर्ण हुनेछ। फाइनल खेलका लागि दुवै टिमले आफ्नो उत्कृष्ट टिम मैदानमा उतार्ने तयारी गरेका छन्।
रत्ननगर, मंसिर २२ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आज (शनिवार) देखि राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता सुरू भएको छ । सो प्रतियोगिताको रत्ननगरका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि दुई लाख पुरस्कार राशीको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए […]
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित नगर स्तरीय उद्यमशिल महिला समुहले मंगलबार सातौं स्थापना दिवस मनाएको छ । २०६७ सालमा स्थापना भएको सो समुहले महिलाहरुलाई उद्यमी बनाउन गरेको कामको समीक्षा […]