Listen Live: 

काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को, हिजो एकैदिन एक लाखभन्दा धेरै बाहिरिए

Radio Chitwan
शनिबार, कार्तिक ४, २०८०

काठमाण्डाै - विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को लागेको छ ।  रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् ।

आजदेखि सरकारी बिदा समेत शुरु भएकाले घर फर्किनेको घुइँचो बढेको छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको घुइँचो लागेको छ ।

उपत्यका भित्रका सार्वजनिक गाडीमा पनि यात्रुको थामी नसक्नु भिड छ । भिडका कारण कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटीमा जाम समेत बढेको छ । यस्तै, गाडी छुट्ने नयाँ बसपार्कमा पनि घुइँचो बढेको छ । यात्रु र गाडीको चापका कारण ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार हिजो एकैदिन काठमाण्डौ उपत्यकाबाट एक लाखभन्दा धेरै बाहिरिएका छन्  । हिजो एक लाख १२ हजार ४ सय १६ जना बाहिरिएका छन् । यो सङ्ख्या आज झन् बढ्ने छ ।

यस्तै, गाडी रिजर्भ गरेर जानेहरुको सङ्ख्या पनि उत्तिकै धेरै छ । गाउँ घर फर्किन लागेका यात्रुको यात्रा भने कष्टकर बनेको छ । टिकट नपाउने, टिकट पाए पनि तोकिएको सिट नपाउने जस्ता समस्या भोग्नु परेको छ ।

यस्तै, सडकमा भएका खाल्डाखुल्डीका कारण थप यात्रा कष्टकर बनिदिएको छ । यात्राका क्रममा कुनै समस्या परे वा बढी भाडा तिर्न परे ठाउँठाउँमा रहेका यात्रु सहायता कक्ष वा प्रहरीमा गुनासो गर्न ट्राफिक प्रहरीले आग्रह गर्दै आएको छ । यसपालि घटस्थापनादेखि अहिलेसम्म ६ लाखभन्दा धेरै यात्रु बाहिरिएका अनुमान छ । 

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram