Listen Live: 

चितवनमा दसैँसँगै बढे पर्यटक

Radio Chitwan
बिहिबार, कार्तिक २, २०८०

चितवन, कात्तिक २–

ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् ।

पछिल्ला दिनमा पर्यटकीय क्षेत्र सौराहासँगै भरतपुरका पर्यटकीय होटलमा पर्यटकको चहलपहल निकै बढेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार कात्तिक लागेसँगै पर्यटकको चहलपहल निकै बढेको हो । दसैँको पूर्णिमासम्म २० हजारभन्दा बढी पर्यटकले बुकिङ गरिसकेका छन् । यो क्रमशः बढ्दै गएको उहाँले बताउनुभयो ।

अहिले बुकिङ भएका पर्यटक ३० देखि ३५ प्रतिशत युरोपियन, २० देखि २५ प्रतिशत चिनियाँ, १५ प्रतिशत हाराहारी भारतीय र अन्य आन्तरिक रहेका छन् । दसैँभर सौराहाका होटल ८५ देखि ९० प्रतिशत बुकिङ हुने उहाँको अनुमान छ । उहाँले भन्नुभयो, “ढिलो गरी पर्यटकको आगमन आशालाग्दो गरी बढेको छ ।” सौराहामा एक सय ३६ वटा होटलमा छ हजार दुई सय बेड छन् ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले आन्तरिक र विदेशी पर्यटकको आगमन निकै राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँ, तिहार वरिपरि राम्रो हुने सङ्केत देखिएको छ ।” कात्तिक महिनामा दसैँ धमाका भनेर घिमिरेको जङ्गल सफारी लजले दुई रात तीन दिनको रु१२ हजारको प्याकेजसमेत ल्याएको छ । घिमिरेले भन्नुभयो, “यस वर्ष ढिलो गरी पर्यटकीय यामसुरु भएको छ, पर्यटकको आशालाग्दो उपस्थिति छ ।”

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडा होटलमा बस्ने र घुमेर फर्किने पर्यटकका कारण रेष्टुरेन्टमा चहलपहल बढेको बताउनुहुन्छ । सौराहामा चितवन राष्ट्रिय निकुञ्ज प्रवेशसमेत खुलेको छ । यसले पनि पर्यटकको सङ्ख्या बढेको अनुमान छ ।होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कात्तिकमा ५० प्रतिशत र मङ्सिरमा पूरै बुकिङ भइसकेको बताउनुभयो । पर्यटकको सङ्ख्या बढ्दो रहेको उहाँको भनाइ छ ।

यता भरतपुरको पटिहानीमा गत सातादेखि नै पर्यटकको चहलपहल बढेको छ । होटल जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलका अनुसार दसैँको समयमा ८० देखि ९० प्रतिशत बुकिङ हुने देखिएको छ । गत साता ९० प्रतिशत बुकिङ थियो । अहिले ६० प्रतिशतभन्दा माथि बुकिङ रहेको उहाँले बताउनुभयो । पटिहानीमा सातवटा पर्यटकीय होटल छन् ।

यस्तै पर्यटकीय क्षेत्र मेघौलीमा पनि पर्यटकको सङ्ख्या उल्लेख्य रहेको व्यवसायी बताउँछन् । मेघौलीमा तीनवटा ठूला पर्यटकीय होटल, केही साना होटल र घरबास (होमस्टे) पनि रहेका छन् । मैघौलीमा रहेको साराङ वाइल्डलाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले यस क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेको बताउनुभयो । पछिल्ला दिनमा पर्यटकको आगमन र बुकिङ बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि सौराहा, पटिहानी, मेघौली, जगतपुरलगायत निकुञ्ज आसपासका पर्यटकीय होटलमा पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउँछ ।

आन्य समाचारहरु:-
January 20, 2025
चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम 

चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।  महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 20, 2025
सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन 

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]

January 20, 2025
चितवन महोत्सवमा हेल्थी बेवी प्रतियोगिता : विजेता राना मगर बनिन् प्रथम

चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]

January 19, 2025
रत्ननगरमा एचपिभी खाेप सम्बन्धी अभिमुखिकरण 

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram