Listen Live: 

मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाइ

Radio Chitwan
बिहिबार, कार्तिक २, २०८०

म्याग्दी, असोज २–

पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ ।

सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो । योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी रु १४ करोड १९ लाख ६५ हजार पुगेको छ ।

कुुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुुई वर्ष रोकिएको यो पुुल निर्माणको काम सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कुञ्जोको ताकलुङका बासिन्दा धीरेन्द्र विकले कालीगण्डकीमा मोटरेबल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताए ।

“पाँच वर्षअघिनै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ”, उनले भने, “स्थानीयवासीलाई आवतजावतमा असुविधाका साथै आलुलगायत गाउँमा उत्पादन भएको कृषिउपज निकासीमा समस्या भएको छ ।”

पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार छयो–कुञ्जोसहित जिल्लामा सञ्चालित रु ७५ करोड ५१ लगतका तीन मोटरेबल पुल र दुई सडक आयोजना ढिलासुस्तीले प्रभावित भएका छन् ।

घरफझोङ गाउँपालिकास्थित कालीगण्डकी नदीमा ३५ मिटर लामो मार्फा–छैरो पुुल बनाउन २०७६ फागुुन २९ गते देव एण्ड सायर कन्ट्रक्सनसँग रु सात करोड ८० लाखमा ठेक्का सम्झौता भएको थियो । दोस्रो पटक थपिएको म्याग्द २०८० असारमा सकिएको यो पुलको भौतिक प्रगति ३५ प्रतिशत छ ।

देव एण्ड सायर कन्ट्रक्सनले २०७६ फागुन २९ गतेनै रु पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको लेते–घुम्पुु कालीगण्डकी पुलको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत छ । विसं २०८० चैतसम्म म्याद थपिएको यो आयोजनाको एकातर्फको पिल्लर मात्र तयार भएको छ ।

मुुस्ताङको जिल्ला सदरमुकाम अवस्थित जोमसोम बजार रहेको घरपझोङ गाउँपालिकालाई जोड्ने चक्रपथ बनाउने लक्ष्य अनुसार प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजना कार्यक्रमअन्तर्गत जोमसोम–ठिनी–ढुुम्बा–छैरो–चिमाङ–मार्फा–स्याङ–जोमसोम सडक निर्माण गर्न २०७६ असार २७ गते बन्दना भगवती जलजला जेभीसँग रु २४ करोड ४५ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०८० असोज मसान्तसम्म म्याद भएको यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । दस किलोमिटर पाँच सय मिटर सडकमध्ये ५ दशमलव ५ किलोमिटरमा प्रिमिक्स कालोपत्र गर्ने योजना रहेको छ ।

विसं २०७६ असारमै ठेक्का सम्झौता भएको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ–थिङगर–किमलिङ–च्युमजुङु सडकको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी छ । रु २४ करोड ४५ हजारमा ठेक्का सम्झौता भएको १० किलोमिटर दूरीको यो सडक ग्राभेल गर्ने काम इमोटल कन्ट्रक्सनले लिएको थियो । दुई पटकसम्म म्याद थप भएको यो आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सवइञ्जिनियर घनश्याम रोकाले बताए ।

निर्माण व्यवसायीले पर्याप्त मजदुुर र उपकरण परिचालन गर्न, निर्माण सामग्रीको व्यवस्थापन गर्न नसकेका कारण सडक र पुल निर्माणमा ढिलासुस्ती भएको पूर्वाधार विकास कार्यालय मुुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए ।

“तत्कालीन जिविसले ठेक्का लगाएको योजनासमेत निर्माण सकिएको छैन”, उनले भने, “अन्नपूूर्ण संरक्षण क्षेत्रको झन्झटिलो र लामो वातावरणीय सर्वेक्षण गर्नुपर्ने प्रक्रिया, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण पनि विकास आयोजना कार्यान्वयनमा ढिलाइ भएको हो ।”

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुुग्जालीले ढिलासुस्तीले थलिएका पुुल र सडकको मङ्गलबार र बुधबार अनुगमन गरे । सडक र पुल निर्माणको अवस्था, समस्या पहिचान गरी निर्माणलाई पूर्णता दिनका लागि पहल गर्न निरीक्षण र प्राविधिकसँग छलफल गरे ।

मन्त्री जुग्जालीले निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गर्न र रोकिएको काम अघि नबढाए धरौटी जफत, कालोसूचीमा राख्ने र कारबाही गर्ने प्रक्रिया अघि बढाउन पूर्वाधार विकास कार्यालय मुुस्ताङका प्रमुख अजय श्रेष्ठलाई निर्देशन दिए ।

“स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि प्रशासन र जनप्रतिनिधिसँग समन्वय गरेर सहजीकरण गर्नुुहोस्”, उनले भने, “सहजीकरण गर्दा पनि निर्माण कार्यलाई तीव्रता नदिने निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउनुुहोस् ।” उनले प्रदेशका आयोजनाका लागि बजेटको अभाव नुहुने र हुन नदिनेसमेत बताए ।

निर्माण कम्पनी इमोटल कन्ट्रक्सनका प्रतिनिधि सुदीप खड्काले लोमान्थाङको सडक निर्माणमा ढिलासुस्ती हुनुमा कोरोना महामारी, चिसो र हिमपातले छ महिनाभन्दा बढी समय काम गर्न नसकिनु र भौगोलिक विकटता प्रमुख कारण रहेको बताए । ढिलै भए पनि १० किलोमिटर सडक आठ मिटरका दरले फराकिलो, नाली र पर्खाल बनाएर ग्राभेल गर्ने काम सकेको उनले बताए।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram