Listen Live: 

मुस्ताङमा सडक र पुल निर्माणमा ढिलाइ

Radio Chitwan
बिहिबार, कार्तिक २, २०८०

म्याग्दी, असोज २–

पाँचौँ पटक ठेक्का सम्झौताको म्याद थप भएको मुस्ताङको थासाङ गाउँपालिकाको छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदीको मोटरेबल पुलको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत छ ।

सय मिटर लामो केवल स्टेट प्रविधिको मोटरेबल पुल निर्माणका लागि २०७३ भदौ २२ गते तत्कालीन जिल्ला विकास समिति मुस्ताङ र स्वच्छन्द निर्माण सेवाबीच सम्झौता भएको थियो । योजनाको निर्माण अवधिसँगै लागत पनि बढेर पछिल्लो पटक भेरियस अर्डर गरी रु १४ करोड १९ लाख ६५ हजार पुगेको छ ।

कुुञ्जोतर्फको पिल्लर कालीगण्डकीको बाढीले कटान गरेर जोखिम बनाएको छ । डिजाइनको समस्याले दुुई वर्ष रोकिएको यो पुुल निर्माणको काम सङ्घीयता कार्यान्वयनपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । कुञ्जोको ताकलुङका बासिन्दा धीरेन्द्र विकले कालीगण्डकीमा मोटरेबल पुल नहुँदा लेते–कुञ्जो सडकमा बर्खामा सवारी साधन आवत जावत अवरुद्ध हुने र मोटरसाइकल झोलुङ्गे पुलबाट तार्ने गरिएको बताए ।

“पाँच वर्षअघिनै निर्माण सकिनुपर्ने पुल अझै अधुरो छ”, उनले भने, “स्थानीयवासीलाई आवतजावतमा असुविधाका साथै आलुलगायत गाउँमा उत्पादन भएको कृषिउपज निकासीमा समस्या भएको छ ।”

पूर्वाधार विकास कार्यालय मुस्ताङका अनुसार छयो–कुञ्जोसहित जिल्लामा सञ्चालित रु ७५ करोड ५१ लगतका तीन मोटरेबल पुल र दुई सडक आयोजना ढिलासुस्तीले प्रभावित भएका छन् ।

घरफझोङ गाउँपालिकास्थित कालीगण्डकी नदीमा ३५ मिटर लामो मार्फा–छैरो पुुल बनाउन २०७६ फागुुन २९ गते देव एण्ड सायर कन्ट्रक्सनसँग रु सात करोड ८० लाखमा ठेक्का सम्झौता भएको थियो । दोस्रो पटक थपिएको म्याग्द २०८० असारमा सकिएको यो पुलको भौतिक प्रगति ३५ प्रतिशत छ ।

देव एण्ड सायर कन्ट्रक्सनले २०७६ फागुन २९ गतेनै रु पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता गरेको थासाङ गाउँपालिकाको लेते–घुम्पुु कालीगण्डकी पुलको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत छ । विसं २०८० चैतसम्म म्याद थपिएको यो आयोजनाको एकातर्फको पिल्लर मात्र तयार भएको छ ।

मुुस्ताङको जिल्ला सदरमुकाम अवस्थित जोमसोम बजार रहेको घरपझोङ गाउँपालिकालाई जोड्ने चक्रपथ बनाउने लक्ष्य अनुसार प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजना कार्यक्रमअन्तर्गत जोमसोम–ठिनी–ढुुम्बा–छैरो–चिमाङ–मार्फा–स्याङ–जोमसोम सडक निर्माण गर्न २०७६ असार २७ गते बन्दना भगवती जलजला जेभीसँग रु २४ करोड ४५ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

विसं २०८० असोज मसान्तसम्म म्याद भएको यो आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ । दस किलोमिटर पाँच सय मिटर सडकमध्ये ५ दशमलव ५ किलोमिटरमा प्रिमिक्स कालोपत्र गर्ने योजना रहेको छ ।

विसं २०७६ असारमै ठेक्का सम्झौता भएको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ–थिङगर–किमलिङ–च्युमजुङु सडकको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी छ । रु २४ करोड ४५ हजारमा ठेक्का सम्झौता भएको १० किलोमिटर दूरीको यो सडक ग्राभेल गर्ने काम इमोटल कन्ट्रक्सनले लिएको थियो । दुई पटकसम्म म्याद थप भएको यो आयोजना निर्माण सम्पन्न हुने क्रममा रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सवइञ्जिनियर घनश्याम रोकाले बताए ।

निर्माण व्यवसायीले पर्याप्त मजदुुर र उपकरण परिचालन गर्न, निर्माण सामग्रीको व्यवस्थापन गर्न नसकेका कारण सडक र पुल निर्माणमा ढिलासुस्ती भएको पूर्वाधार विकास कार्यालय मुुस्ताङका प्रमुख अजय श्रेष्ठले बताए ।

“तत्कालीन जिविसले ठेक्का लगाएको योजनासमेत निर्माण सकिएको छैन”, उनले भने, “अन्नपूूर्ण संरक्षण क्षेत्रको झन्झटिलो र लामो वातावरणीय सर्वेक्षण गर्नुपर्ने प्रक्रिया, भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण पनि विकास आयोजना कार्यान्वयनमा ढिलाइ भएको हो ।”

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुुग्जालीले ढिलासुस्तीले थलिएका पुुल र सडकको मङ्गलबार र बुधबार अनुगमन गरे । सडक र पुल निर्माणको अवस्था, समस्या पहिचान गरी निर्माणलाई पूर्णता दिनका लागि पहल गर्न निरीक्षण र प्राविधिकसँग छलफल गरे ।

मन्त्री जुग्जालीले निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गर्न र रोकिएको काम अघि नबढाए धरौटी जफत, कालोसूचीमा राख्ने र कारबाही गर्ने प्रक्रिया अघि बढाउन पूर्वाधार विकास कार्यालय मुुस्ताङका प्रमुख अजय श्रेष्ठलाई निर्देशन दिए ।

“स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि प्रशासन र जनप्रतिनिधिसँग समन्वय गरेर सहजीकरण गर्नुुहोस्”, उनले भने, “सहजीकरण गर्दा पनि निर्माण कार्यलाई तीव्रता नदिने निर्माण कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउनुुहोस् ।” उनले प्रदेशका आयोजनाका लागि बजेटको अभाव नुहुने र हुन नदिनेसमेत बताए ।

निर्माण कम्पनी इमोटल कन्ट्रक्सनका प्रतिनिधि सुदीप खड्काले लोमान्थाङको सडक निर्माणमा ढिलासुस्ती हुनुमा कोरोना महामारी, चिसो र हिमपातले छ महिनाभन्दा बढी समय काम गर्न नसकिनु र भौगोलिक विकटता प्रमुख कारण रहेको बताए । ढिलै भए पनि १० किलोमिटर सडक आठ मिटरका दरले फराकिलो, नाली र पर्खाल बनाएर ग्राभेल गर्ने काम सकेको उनले बताए।

आन्य समाचारहरु:-
January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

January 12, 2025
कुलमानको स्पष्टीकरण सिंहदरबारमा

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ सिंहदरबारमा पठाइदिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङसँग पुस २२ गते आठ बूँदे स्पष्टीकरण […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram