रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
यु १९ एसीसी प्रिमियर कपः साउदी अरेबियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ, कात्तिक २–
मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियासँगको महत्वपूर्ण खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले विना विकेटको क्षतिामा ५१ रन पुरा गरेको छ । ओपनर अर्जुन कुमाल २३ र दिपक बोहोरो २३ रनमा क्रिजमा छन् । समूह ए को अन्तिम खेलमा वाईएसडी युकेएम बाँगीमा भएको टसमा साउदी अरेवियाले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको थियो ।
यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी अरेविया २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ५.४२९ र साउदीको २.०३० छ । समूह ए बाट बहराइन २ अंक र इरान अंक विहीन हुँदै बाहिरिएका छन् ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । साउदीले बहराइनलाई ६७ रन र इरानलाई ४ विकेटले हराएको थियो ।
प्रतियोगितामा हरेक समूहमा चार टिम गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । एसिया कप पाकिस्तानमा हुँदैछ ।
खुशी डंगोलको कसिलो बलिङ मद्तमा काठमाडौंले बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगितामा लगातर दोस्रो जित हात पारेको छ ।भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा आज सम्पन्न पहिलो […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]
काठमाडौं,कात्तिक १३- टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। खेल बिहान ९ बजे सुरु हुनेछ। प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। खेल टीयू क्रिकेट […]