लुमन्तीकाे अायाेजनामा कालिका नगरपालिका र युवा संजालकाे सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । लुमन्तीका तालिम संयाेजक राेशनी जाेशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यकाे […]
एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, पाँच जना घाइते
पर्सा, १३ चैत । पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ५ जना घाइते भएका छन् ।
ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले गएराती पौने १२ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परिक्षण राउतको उपचारको क्रममा स्थानिय अस्पतालमा राती सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
घाइते भएका रिक्सामै सवार वीरगन्ज महानगरपालिका–१६ रामटोलकी ३१ बर्षीया काजल देवी, २५ बर्षीय धुरेन्द्र राउत, ४१ बर्षीया मन्जु देवी, १५ बर्षीय अनिकेत पटेल र १७ बर्षीया अंजली पटेलको विरगंज स्थित नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।
रत्ननगर । रत्ननगर वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा एक करोड बढी मुनाफा गर्न सफल भएको छ । शनिबार आयोजना गरिएको […]
चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण […]
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं २ टाँडीमा मुख्य कार्यालय रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार पिठुवा सेवा केन्द्रमा १२ औं बार्षिक साधारण सभा गरेको छ । रत्ननगर […]