कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
भरतपुरको ८ र ९ वडाका पसलहरुमा महानगरको अनुगमन, अमिलो र अचार बरामद

चितवन, कात्तिक १-
भरतपुर महानगरपालिकाले बुधबार वडा नम्बर ८ र ९ मा रहेका मासु, दूध, होटेल, किराना तथा एग्रोभेटहरुको स्थलगत अनुगमन गरेको छ ।
ती वडामा रहेका पसलहरुमा चरम लापरबाही र हेलचक्राइ भएको गुनासो आएपछि महानगरले अनुगमन गरेको हो ।
महानगरले अहिले चाडपर्व लक्षित कार्यक्रम अन्तर्गत दूध ,मासु र दूधबाट बन्ने परिकारहरुमा केन्द्रित रही अनुगमनलाई निरन्तरता दिइरहेको छ । अनुगमन टोलीले केही पसलहरुबाट २४ थान अमिलो र दुई थान अचार बरामद गरी नष्ट समेत गरेको छ ।
महानगरले दैनिक अनुगमनलाई उपभोक्तामुखी आइरहेको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले जानकारी दिए । ‘महानगरपालिका भनेको उपभोक्ताहरुको स्थानीय सरकार हो ।’ सापकोटाले भने, ‘स्थानीय सरकारको प्रत्याभूति हुने गरी महानगरले बजार अनुगमन गर्दछ ।’
चाडपर्व आएसँगै बजारमा हुन सक्ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्न भन्दै भरतपुर महानगरले बजार अनुगमन गरिरहेको छ । चाडपर्वंमा व्यापारिक क्षेत्रबाट हुन सक्ने अबाञ्छनीय गतिविधि हुन नदिनु महानगरको दायित्व भित्र पर्छ । महानगरले गर्नुपर्ने अन्य अनुगमनका पाटाहरु पनि छन् तर अहिले ती सबै अनुगमनहरुलाई थाती राख्दै खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजारलगायतका क्षेत्रमा केन्द्रित हुनुपर्छ’ ,सापकोटाले भने ।
भरतपुर महानगरका पशु चिकित्सक डा श्याम देवकोटा पहिलेको तुलनामा मासु तथा दूध पसलहरुमा सुधार आएको बताए । अनुगमन कार्य भरतपुर महानगरको नियमित दैनिक कार्यसूची मै पर्दछ । दैनिक कार्यक्रम अनुसार नै बजार अनुगमन गरिएको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्य बिष्णु बहादुर भुजेलले बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]