ठमाडौं, कात्तिक १२- दुई साताभन्दा बढी समयको अन्तरालपछि आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि असोज २६ गते बैठक बसेको थियो। यो बैठकमा सभामुखले प्रधानमन्त्री […]
चितवन आएर प्रधानमन्त्रीले भने- गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ

चितवन, असोज २७ –
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो “कोशीको समस्या समाधान गरिएको छ । अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,” आज बिहान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनाँै । अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो ।” हाम्रो गठबन्धन कायम रहने भन्दै उहाँले गठबन्धनकै उम्मेदवारका रुपमा नेता कार्कीलाई लिइएको दोहो¥याउनुभयो ।
अर्को एक प्रश्नमा प्रधानमन्त्रीले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भावना हुन सक्छ । तर अहिले नै हुन्छ भन्न सकिँदैन । गठबन्धनकै सरकारले त्यहाँ निरन्तरता पाउनेछ ।”
अर्थतन्त्रमा समस्या परेको स्वीकार गर्दै प्रधानमन्त्रीले यसलाई समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अर्थतन्त्रमा धेरै दबाब परेको छ । यसका धेरै कारण छन् । विगतदेखिका समस्या छन् ।”
प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “यी प्रयास पर्याप्त छैनन् । देशको अर्थतन्त्रलाई उकास्न विशेष प्रयास जरुरी छ ।”
एक पृथक प्रसङ्गमा प्रधानमन्त्रीले निर्माण व्यवसायीले सम्पन्न गरेका परियोजनाको भुक्तानी दिने निर्णय सरकारले गरिसकेको बताउनुभयो । निर्माण व्यवसायीलाई गरिएको भुक्तानीले मात्र समस्याको समाधान नहुने भन्दै उहाँले समग्रमा ‘मेजर अप्रेसन’ गर्न छुट्टै संरचना खडा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “बजेट वक्तव्य र नीति तथा कार्यक्रममा छलफल भइरहँदा देशको आर्थिक विकासको प्रारुपलाई नै नयाँ ढङ्गले विकास गर्न जरुरी छ । यो वर्ष हामीले भ्याएनौँ । अर्को वर्ष बजेट बनाउने क्रममा नयाँ शिराबाट जान्छौँ ।” रासस
काठमाडौँ, असोज २७- केही दिनअघि कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरेका एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कटाक्ष गरेका छन्। ओलीको उक्त अभिव्यक्तिप्रति जवाफ […]
चितवन, असोज १९- अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आम माफि दिएको विषयमा आफुलाई थाहा नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस यूनियन […]
काठमाडौं,असोज २०- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता […]