Listen Live: 

चितवनमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान सुरु

Radio Chitwan
आइतवार, चैत्र १३, २०७८

चितवन, १३ चैत्र । नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुुरु गरेको छ। जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो ।

जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको छ । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले अभियान सञ्चालन गर्ने उनले जानकारी दिए।
पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीहरूलाई खटाइएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन्। पार्टीले गत फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो । चैत १ गते सङ्घीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिएको छ ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार जिल्लामा कांग्रेसको क्रियाशील सदस्य सङ्ख्या २८ हजार छ । सात पालिकाको ९८ वडामध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो । जिल्ला अध्यक्ष खनाललले आजबाट अभियानलाई प्रभावकारी ढङ्गले अघि बढेको बताए। रासस

आन्य समाचारहरु:-
October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 29, 2023
दुई सातापछि आज प्रतिनिधिसभा बैठक बस्दै

ठमाडौं, कात्तिक १२- दुई साताभन्दा बढी समयको अन्तरालपछि आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि असोज २६ गते बैठक बसेको थियो। यो बैठकमा सभामुखले प्रधानमन्त्री […]

October 21, 2023
काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को, हिजो एकैदिन एक लाखभन्दा धेरै बाहिरिए

काठमाण्डाै - विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को लागेको छ ।  रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी बिदा समेत शुरु […]

October 19, 2023
रत्ननगरमा मैत्रिपूर्ण फुटबल : पत्रकार टोलीको जि

रत्ननगर , कार्तिक २ । रोटरी क्लब अफ रत्ननगर र पूर्वी चितवनमा क्रियाशिल पत्रकार बीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । बडादसैँ , शुभ दिपावल तथा छठ पर्वको अवसरमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram