Listen Live: 

चितवनमा दसैँको लागि गाडीको अग्रिम टिकट बुकिङ धमाधम हुँदै, गोरखा र बागलुङ जाने यात्रु धेरै

Radio Chitwan
शनिबार, अशोज २७, २०८०

चितवन, असोज २७-

दसैँमा घर फर्किनेलाई लक्षित गर्दै नारायणगढको पोखरा बसपार्कमा असोज २१ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ सुरु भएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, नारायणी यातायात कम्पनी, लमजुङ कालिका, दरौदी यातायात, धौंलागिरी– गण्डकी यातायात प्रालिलगायत विभिन्न यातायात कम्पनीहरुले लामदूरीका र पहाडी ग्रामीण क्षेत्रका बसहरुको अग्रिम बुकिङ गरेका हुन् ।
यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भाडा वृद्धि नभएसम्म अग्रिम टिकट बुकिङ नखुलाउने अडान लिएको थियो ।

पोखरा–मुग्लिन सडक खण्ड, नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतीको काम भइरहेकाले सडक जीर्ण भएको, जीर्ण बाटोमा बस चलाउँदा सवारी साधनको पार्टपुर्जा, इन्जिन, गियर बक्सहरु खराब भई पटक÷पटक मर्मतसम्भार गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, पार्टपुर्जामा भएको वृद्धि, मूल्य वृद्धि लगायतको अनुपातमा यातायात भाडा न्यून भएकाले भाडा समायोजन गर्नुपर्ने अडानमा कम्पनी थियो । तर, दसैँ मुखैमा आएपछि यात्रुहरुको आवश्यकता, मर्म, भावना र सुविधालाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ ।
विशेष त बागलुङ, बेनी, स्याङ्जा, गोरखाको ग्रामीण क्षेत्रमा अग्रिम बुकिङ हुने गरेको छ । बसपार्कका टिकट काउन्टरका कर्मचारी नारायण कँडेलको अनुसार गोरखा जिल्लाको बारपाक, भच्चेक र आर्खेतमा अग्रिम टिकट बुकिङ भइरहेको छ । लमजुङको विचौर भने बिहान सबेरैबाट जतिवटा गाडी भरिन्छ त्यतीवटा गाडी सञ्चालन हुने गरेको छ ।

गोरखा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रको लागि टिकट बुकिङ हेरिरहेका बसपार्कका कर्मचारी सचिन श्रेष्ठले अन्य ठाउँहरु भन्दा बारपाक जाने यात्रुहरुले धेरै टिकट बुकिङ गरिरहेको जानकारी दिए । उनले भने, ‘ पहाडी क्षेत्रमा रुटको गाडी छुटेपछि अन्य गाडी भेट्न मुस्किल हुने र रिजर्भ गरेर लैजान महंगो पर्ने भएकोले मानिसहरुले दसैँको लागि अगाडि नै टिकट बुकिङ गर्छन् ।’ उनले फूलपाती र अष्टमीको दिनसम्म चितवनबाट छ्ट्ने गाडी अली भीड हुने बताए ।
नारायणगढको पोखरा बसपार्कबाट गण्डकी प्रदेश, बागमती का विभिन्न जिल्लाहरुमा गरेर सामान्यतया दैनिक ७० वटा गाडी छुट्ने गर्छन् । दसैँको समयमा गाडीको संख्या झण्डै दोब्बर हुने व्यवसायीहरुको अनुमान छ ।

बस कम्पनीहरुले दसैँका लागि गाडी थप्ने योजना रहेको पनि जनाएका छन् । तर यात्रुको आवश्यकता हेरेर गाडी थपिने पोखरा बसपार्कबाट बेनी, बागलुङको टिकट बुकिङ हेरिरहेका रुपेन्द्र अधिकारी ‘साइँला दाई’ ले नारायणी अनलाइनलाई जानकारी दिए । उनले सबैभन्दा धेरै मानिसहरु गोरखा र त्यसपछि बेनी बागलुङ चितवनबाट धेरै मानिसहरु दसै मनाउने जाने गरेको बताए ।

आन्य समाचारहरु:-
October 13, 2023
चितवनमा स्वास्थ्य बीमाका बिरामीले पाएनन् भर्ना, अस्पतालका शय्या भरिभराउ

चितवन, असोज २६ – भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभाउ भएपछि भर्ना पाउन छाडेका हुन् । […]

October 3, 2023
रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण […]

September 26, 2023
सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]

August 27, 2023
पूर्वी चितवनमा धानमा गबारोसंगै पातको फेद डढुवा रोगको प्रकोप

चितवन। चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ । गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषकले लगाएको धानमा गबारो रोगको समस्या देखिएको हो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram