Listen Live: 

कांग्रेस ३२ सीटेको पछि हिँड्यो भन्ने ओलीलाई विश्वप्रकाशको कटाक्ष- आफैँ कोशीमा ८ सीटको पछि लाग्नुभयो नि

Radio Chitwan
शनिबार, अशोज २७, २०८०

काठमाडौँ, असोज २७-

केही दिनअघि कांग्रेस ३२ सीटे माओवादीको पछि हिँडेको टिप्पणी गरेका एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कटाक्ष गरेका छन्।

ओलीको उक्त अभिव्यक्तिप्रति जवाफ फर्काउदै काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘अस्ति केपी कमरेडले आरामले भन्दिनुभयो कांग्रेस ३२ सीटेको पछि लागेको छ भनेर। हो त सही हो। उहाँले बनाएर हिँड्नुभयो हामीले सँगै लिएर हिँड्यौँ। पुस १० गते उहाँले बनाउनुभयो। आज म कसरी भनौँ तपाईँ कोशीमा कांग्रेसको ८ सीटको पछि लाग्नुभयो नि भनेर। त्यसैले हामीले जिम्मेवार भएर लागौँ।’

उनले एउटाले अर्कोलाई आलोचना गर्न छाड्न समेत आग्रह गरे।

आन्य समाचारहरु:-
October 29, 2023
दुई सातापछि आज प्रतिनिधिसभा बैठक बस्दै

ठमाडौं, कात्तिक १२- दुई साताभन्दा बढी समयको अन्तरालपछि आइतबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि असोज २६ गते बैठक बसेको थियो। यो बैठकमा सभामुखले प्रधानमन्त्री […]

October 14, 2023
चितवन आएर प्रधानमन्त्रीले भने- गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ

चितवन, असोज २७ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि […]

October 7, 2023
चितवन आएर अर्थमन्त्रीले भने ‘रिगलको बिषयमा आफुलाई केही थाहा छैन’

चितवन, असोज १९- अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आम माफि दिएको विषयमा आफुलाई थाहा नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस यूनियन […]

October 7, 2023
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, पाएनन् भने के हुन्छ ?

काठमाडौं,असोज २०- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram