Listen Live: 

इच्छाकामनाको हात्तिबाङ विद्यालयलाई एक्सपर्ट चितवनको खेलकुद सामग्री

Radio Chitwan
शुक्रबार, अशोज २६, २०८०

चितवन, असोज २६–

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ ।

जिल्लाको विकट ठाउँ इच्छाकामना गाउँपालिका–१, हात्तिबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आज (शुक्रबार) एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई टिसर्टसहित खेलकुद र शैक्षिक सामग्री सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी र एक्सपर्ट चितवनका रिजनल अप्रेशन म्यानेजर नरहरि पौडेल (किरण)ले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । एक्सपर्टले विद्यार्थीहरुलाई खेल्नका लागि फुटबल, भलिबल, क्रिकेट ब्याटबल, चेस, स्किपिङ, ब्याडमिन्टनलगायतका खेलकुद सामग्री सहयोग गरेको हो ।

एक्सपर्ट चितवनले संस्थाको २०औं वार्षिकोत्सव समारोहको अवसरमा उक्त विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको हो । सो क्रममा बोल्दै प्रबन्ध निर्देशक अधिकारीले विद्यायलाई अतिआवश्यक शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्न पाउँदा खुशी प्रकट गर्नुभयो । उहाँले विभिन्न अभावमा रहेका विद्यार्थीहरुलाई आवश्यक सामग्रीहरु आगामि दिनमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

https://www.facebook.com/v2.3/plugins/video.php?allowfullscreen=true&app_id=249643311490&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Dfca11a7ba16704%26domain%3Dnarayanionline.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fnarayanionline.com%252Ff1e310c8a0cda38%26relation%3Dparent.parent&container_width=825&href=https%3A%2F%2Fwww.facebook.com%2FNarayaniOnline%2Fvideos%2F291284137180126&locale=en_US&sdk=joey

सो क्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेकोमा एक्सपर्ट चितवनलाई धन्यवाद दिनुभयो । उहाँले शैक्षिक नतिजासंगै खेलकुद क्षेत्रमा यस विद्यायलले राम्रो नतिजा ल्याउने गरेको भन्दै अझै धेरै कुरामा सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले कम स्रोत र साधनको आधारमा विद्यालयको तर्फबाट उत्कृष्ट नतिजा दिलाउन प्रयासरत रहेको समेत बताउनुभयो ।

एक्सपर्ट चितवनले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट स्न २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुश्म प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram