Listen Live: 

चितवनको माडीमा करेन्ट लागेर युवाको मृत्यु

Radio Chitwan
शुक्रबार, अशोज २६, २०८०

चितवन,असोज २५-

चितवनको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बन्यजन्तुलाई बस्ती पस्नबाट रोक्नका लागि राखिएको सोलार फेन्समा करेन्ट लागेर बिहीवार साँझ माडी नगरपालिका ९ कृष्णनगरका २८ वर्षिय बिकल्प सुवेदीको मृत्यु भएको हो । घाँस काट्ने क्रममा सुवेदीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते हुनुभएका सुवेदीको उपचारका लागि बसन्तपुरस्थित बघौडा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ । अस्पतालले साँझ ८ः३० बजे मृत घोषणा गरेको थियो । मृतक सुवेदीको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

आन्य समाचारहरु:-
May 18, 2024
जीवन विकास लघुवित्तको वित्तीय साक्षरता : उत्कृष्ट कारोबार गर्ने सदस्य पुरस्कृत

रत्ननगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.ले शनिबार वित्तीय साक्षरता तथा उत्कृष्टक करोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरेको छ । सो संस्थाको राप्ती शाखाले खैरहनीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय […]

May 13, 2024
स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक […]

May 12, 2024
पत्रकार गुरुङको गाडी तोडफोड गरी नगद चोरी

रत्ननगर । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामाग्री सहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पाकिङ गरेर राखेको गाडी […]

May 6, 2024
सुकुमबासी समुदायलाई लागुऔषध दुव्यशनी सम्बन्धी सचेतना

चितवन । चितवनको रत्ननगरमा सुकुमबासी समुदायलाई सोमबार लागुऔषध दुव्यशनी सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । रत्ननगर जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत रत्ननगर वडा नं १२ स्थित शालघाली सुकुमबासी समुदायलाई लागुऔषध […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram