कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]
नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायलतर्फ

काठमाण्डाै - इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद त्यसतर्फ जानुभएको छ ।
यसअघि चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टुङ्गो थिएन । तर अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेपछि बिहान ४ बजे मात्रै नेपाल एअरलाइन्सको वाइडबडी जहाज दुबई हुँदै इजरायलको लागि त्रिभुवन विमानस्थलबाट उडेको छ । नियमित उडानमा रहेका यात्रुलाई दुबई ओरालेपछि जहाज त्यहाँबाट इजरायल उड्ने तालिका छ ।
‘हिजोको मन्त्रिपरिषद् बैठकले नेपाल एअरलाइन्सको विमानमा परराष्ट्रमन्त्री साउदलाई पठाउने निर्णय गरेको थियो । तर चालक दलका सदस्यलाई मात्रै इजरायल जाने अनुमति भएपछि उहाँ जाने टुङ्गो थिएन' मन्त्री साउदको सचिवालयले भनेको छ, 'अन्तिम समयमा उहाँ जाने टुङ्गो लागेको हो ।' जहाज राति ११ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तालिका भए पनि ढिलो गरी उडेको छ ।
परराष्ट्रमन्त्रीसँगै मन्त्रालयका सहसचिव शरद आरण पनि इजरायल जानुभएको छ । पहिलो चरणमा आज २ सय ५४ जनालाई स्वदेश ल्याएपछि फेरि अरुलाई लिन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा रहेका नेपालीमध्ये स्वदेश फर्कने इच्छा राख्दै ३ सय ५० जनाभन्दा धेरैले नाम टिपाएका छन् । अहिले कामको लागि गएका नेपालीभन्दा पनि पढ्न गएका २ सय ६५ जनाले नै नेपाल आउन चासो देखाएकाले उनीहरुलाई पहिलो प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।
इजरायलमा प्यालेस्टाइनी विद्रोही लडाकु समूह हमासको आक्रणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बेपत्ता रहेका विपीन जोशीको अवस्था अझै थाहा हुन सकेको छैन । घाइते चार जनामध्ये एकजना डिस्चार्ज भएका छन् । युद्धग्रस्त क्षेत्रमा खतरामा रहेका १ सय २७ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]
चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]
हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]