कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
राप्तीमा दशैँ मेला तथा साँस्कृतिक कार्यक्रम सुरु

राप्ती । राप्ती नगरपालिकामा दशैँ मेला तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । राप्ती-६ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत हर्दीमा मेला सुरु भएको हो । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रालिले मेलाको आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बागमती प्रदेशका पूर्व मन्त्री एवं सांसद कृष्ण खनालले मेलाको उद्घाटन गरेका छन् । उनले युवाको कामको प्रशंसा गरेका छन् । साथै मेलाले दशैँमा रौनक थप्ने हुँदा अवलोकन गर्न सम्पूर्णमा अनुरोध गरेका छन् ।
उद्घाटन समारोह आयोजक संस्थाका अध्यक्ष प्रविण खनालको सभाध्यक्षमा सम्पन्न भएको हो । कार्यक्रममा राप्ती नगर प्रमुख शमशेर लामा, नेपाली काँग्रेस जिल्ला सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका चितवन अध्यक्ष रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका चितवन जिल्ला सचिव कुल प्रसाद लामिछाने, राप्ती-७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटी लगायतले मन्तव्य राखेका थिए ।
दशैँलाई लक्षित गरी मेला आयोजना गरिएको हो । स्थानीय उत्पादनलाई महत्व दिने उद्देश्यको साथ आयोजना हुन लागेको मेलामा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला कात्तिक ३ गतेसम्म चल्नेछ ।


रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]