रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]
१० नेपालीको मृत्युमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं, असोज २३-
इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो ।
आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभई राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।
सोमबार बसेको मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।
यस्तै मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयलले गृहमार्फत निकासा गर्नेछ।
रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]
रत्ननगर, मंसिर १७ । चितवनको पर्यटकीय नगरी रौराहामा यही मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ । केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न […]