कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवन आएर अर्थमन्त्रीले भने ‘रिगलको बिषयमा आफुलाई केही थाहा छैन’

चितवन, असोज १९-
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आम माफि दिएको विषयमा आफुलाई थाहा नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस यूनियन चितवनले शुक्रबार(आज) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले ढकालको आम माफिको विषयमा बुझ्न नपाएको बताएका हुन् । ‘यस विषयमा मलाई केही थाहा भएन । गृह मन्त्रालयले के आधार बनाएर राष्ट्रपति कहाँ पुग्यो,’ सञ्चारकर्मीको प्रश्नमा जबाफ दिँदै अर्थमन्त्री महतले ‘सबै नबुझि बोल्ने कुरा भएन मैले पनि बुझ्दै छु ।’
फरक प्रसंगमा महतले अर्थतन्त्र सुधार उन्मुख भएको बताएका छन् । ‘विश्व बैंक, एडिभिको रिपोर्ट अनुसार २ दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदरमा छौँ । यस आर्थिक बर्ष ४ प्रतिशत नाघ्ने प्रक्षेपण एडिभिले गरेको छ,’ उनले भने ‘हाम्रो लक्ष्य ६ प्रतिशत आर्थिक बृद्धि गर्ने रहेको छ ।’ आम नागरिकलाई सकरात्मक ढंगले हेर्नुपर्ने बताए । देश बाहिर भनेजस्तो देशमा आर्थिक संकट नभएको उनले जिकिर गरे । ‘समस्या छ नभएको होइन । पहिला सहज रुपमा राष्ट्रबैंकले ऋण प्रवाह ग¥यो । अहिले टाइट ग¥यो । उत्पादन भएन । ठिक हो । तर त्यही कुरा देखाएर समग्र कुरा खराब छ भन्न मिल्दैन’–उनले भने ।
निर्माण व्यवसायीले असार मसान्तसम्मको भुक्तानी नपाएको गुनासो गरेका छन्? भन्ने सञ्चारकर्मीको प्रश्नमा अर्थमन्त्री महतले निर्माण व्यवसायीलाई नियमित रुपमा भुक्तानी भएको दाबी गरे । ‘यो विषय गलत हो । हामीले असार समान्तसम्म ६०/७० अर्ब भुक्तानी गरेका छौँ । बाँकी ७ अर्बभन्दा छैन । तर यहाँ ६०/७० अर्ब नै तिरेको छैन भन्ने हल्ला हो,’ उनले भने ‘उहाँहरुसंग बसेर हिसाब गर्दा ७/८ अर्बभन्दा छैन ।’ दशैँ अगाडि बाँकी रकम सबै तिर्ने उनले बताए । उनले गठबन्धन भत्काउनका लागि एमालेले आधार हिन कुरा गरिरहेको उनले बताए । एमाले सरकारमा ओम्नी काण्डजस्ता ठुलठुला काण्ड भएको भन्दै यो सरकारले सुसान कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]