Listen Live: 

रविको अनुगमनपछि चितवनको यातायात कार्यालयद्वारा स्वास्थ्य परीक्षणको लागि प्रस्ताव आह्वान

Radio Chitwan
शुक्रबार, अशोज १९, २०८०

चितवन, असोज १९-

यातायात व्यवस्था कार्यालय चितवनले नयाँ सवारी चालक अनुमति पत्र, नविकरण तथा वर्ग थप गर्ने प्रयोजनका लागि स्वास्थ्य परीक्षण सम्बन्धि सेवा दिन इच्छुक फर्म तथा कम्पनीलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन २ का सांसद रवि लामिछानेले यातायात कार्यालयको अनुगमन गरेपछि कार्यालयले प्रस्ताव आह्वान गरेको हो ।

निरोगिताको प्रमाण पत्रको ३५० रुपैयाँ लिइएको सेवाग्राहीको गुनासो आएपछि लामिछाने यातायात कार्यालय पुगेका थिए । व्यवसायीले मनलाग्दी शुल्क असुलेको भन्दै त्यसलाई नियन्त्रण गर्न लामिछानेले यातायात कार्यालयका प्रमुखलाई निर्देशन पनि दिएका थिए ।

प्रतिस्पर्धाको माध्यमबाट स्वास्थ्य परीक्षण सम्बन्धि सेवा उपलब्ध गराउन कार्यालयले प्रस्ताव आह्वान गरेको हो । सेवाग्राहीसँग स्वास्थ्य परीक्षण गरे बापत लिने शुल्क स्पष्ट खुल्ने गरी असोज २८ गते दिउँसो १२ बजेभित्र प्रस्ताव पेश गर्न कार्यालयले आग्रह गरेको छ । सोहि दिन दिउँसो २ बजे प्रस्ताव खोलिने बताइएको छ ।

देशका विभिन्न यातायात कार्यालयमा स्वास्थ्य परीक्षण गरेको १५० रुपैयाँ लिने गरेका छन् । चितवनमा भने व्यवसायीको ब्रह्मलुट भइरहेको खबर पाएपछि लामिछाने असोज १० गते यातायात कार्यालय पुगेका थिए । त्यसपछि कार्यालयले असोज १४ गते १५ दिने सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो ।
आन्य समाचारहरु:-
July 15, 2024
नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, […]

July 14, 2024
राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी […]

July 13, 2024
रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या […]

July 12, 2024
शैक्षिक गुणस्तर सुधारका लागि बछाैली माविमा अन्तरक्रिया

साैराहा । रत्ननगर नगरपालिका वडा नं.६ बछाैलीमा रहेकाे बछाैली माविले  विद्यालयमा शैक्षिक  सुधारका लागि अन्तरक्रिया गरेको छ। विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न  र शैक्षिक गुणस्तर सुधारका लागि विधालय व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram