Listen Live: 

रिगलको कैद मिनाहा गर्ने राष्ट्रपति पौडेलको निर्णयविरुद्ध सर्वोच्चले माग्यो कारण

Radio Chitwan
बिहिबार, अशोज १८, २०८०

काठमाडौँ, असोज १९-

आज योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले  कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको हो।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार यो रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको छ। अग्राधिकार भनेको त्यो दिनको पेशी सूचीमा पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नु हो।
बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ। रिगललाई संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए।
आन्य समाचारहरु:-
July 12, 2024
नारायणगढ–मुग्लिनमा खसेको पहिरोले दुई वटा बस बगायो,

चितवन, असार २८- नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज […]

July 7, 2024
बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, निर्माण कम्पनीसंग भयो सम्झौता

चितवन, असार २३– गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभी सम्झौता भएको छ ।आइतबार महानगर कार्यालयमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद […]

July 7, 2024
हरियाली र सौन्दर्यकालागि रोटरी पुर्बी चितवनले वृक्षारोपण

राप्ती | रोटरी क्लब अफ पुर्बी चितवनले शनिबार विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ । क्लबको नियमित कार्यक्रम अन्तरर्गत बुद्धशान्ति माध्यमिक बिधालय, राप्ति-२ गड्यौलीको परिषरमा क्लवले वृक्षारोपण गरेको हो । […]

July 6, 2024
कालिका को पृथ्वी माविमा बृक्षारोपण तथा सचेतनामुलक कार्यक्रम

कालिका । पूर्वी चितवनको कालिका स्थित पृथ्वी माविमा बृक्षारोपण तथा वातारण संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । इको क्लवको आयोजनामा भएको कार्यक्रमा विद्यालय हाता भित्र धुपी, निम, माँगोस्ट्रिक, चिउरी, […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram