कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
चितवनको राप्ती नगरपालिकाका दुईसय बढी विपन्न परिवारले पाए नयाँ घर

नारायणगढ (चितवन), असोज १७-
जिल्लाको राप्ती नगरपालिकाले विपन्न परिवालाई घर बनाईदिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका दुई सय २६ विपन्न परिवरलाई घर निर्माण गरिदिएको हो । “निर्वाचनपछि गाउँ घुम्ने क्रममा जनताको अवस्था दयनीय देखेर पालिकाले घर बनाउने योजना सुरु गरेकोे थियो ।
गाँस, बास र कपास राज्यको दायित्व सम्झेर विपन्नका लागि घर बनाउने कार्यक्रम सञ्चालन गरेको हुँ”, नगरप्रमुख शमशेर लामाले भन्नुभयो, “सोहीअनुसार आफूले गत आर्थिक वर्षमा एक सय घर बनाउने लक्ष्य लिए पनि प्रदेश सरकार र दातृ निकाय तथा विकास साझेदार संस्थाहरुको सहयोगबाट दुई सय २६ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको हो।” चालु आर्थिक वर्षमा समेत पालिकाले दुई सय घर बनाउने लक्ष्य लिएको जानकारी दिँदै उहाँले थप्नुभयो, “मेरो कार्यकालमा एक हजार विपन्न परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको छ ।”
नगरपालिकामा रहेका दलित, अल्पसङ्ख्यक र विपन्न परिवाहरु अब घरविहीन भएर र झुपडीमा बस्नु पर्दैन। ‘विपन्नलाई आवास’ कार्यक्रमअन्तर्गत् नगरपालिकाले प्रदेश सरकार र अन्य दातृ संस्थाबाट घर निर्माण गरी हस्तान्तरण गरिएको नगरप्रमुख लामाको भनाइ थियो ।
प्रदेश सरकार र दातृ संस्थाबाट घर प्राप्त गर्नेहरुले घर निर्माणका लागि रु तीन लाख प्राप्त गर्नेछन् । जसमा दुई कोठाको घर र शौचालय रहनेछ । पालिकाबाट बनाइएका घरहरुको हकमा भने एउटा घर निर्माणका लागि रु दुई लाख नगरपालिकाले सहयोग गर्ने र रु २५ हजारबराबरको घरधनीले श्रम गर्नुपर्ने हुन्छ । श्रमदानमार्फत शौचालय पनि बनाउन जागरुक गराइएको थियो ।
हस्तान्तरण गरिएका घरहरुमा प्रदेश सरकारबाट ४५ वटा निर्माण भएकामा पालिका र दातृ निकायबाट एक सय ८१ वटा घर निर्माण गरिएको थियो । घर पाउनेमा पालिकाका चेपाङ् समुदायका ५५ प्रतिशत र बाँकी अन्य समुदाय थिए ।रासस
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]