Listen Live: 

रत्ननगर खानेपानी र सेन्ट्रल अस्पताल प्रा लि बीच सम्झौता

Radio Chitwan
मङ्लबार, अशोज १६, २०८०

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र भरतपुर सेन्ट्रल अस्पताल प्रा लि , चितवन ओम साईराम पोलिक्लिनिक प्रा लि रत्ननगरका  विच स्वास्थ्य परिक्षण र अौषधि उपचार सम्वन्धि सम्झौता एवं हस्तान्तरण कार्यक्रम संस्थाका अध्यक्ष श्री माधव प्रसाद अर्यालको अध्यक्षता , भरतपुर सेन्ट्रल अस्पताल एवं चितवन ओमसाईराम पोलिक्लिनिक प्रा लि का अध्यक्ष श्री अमृत कुमार राजभण्डारी श्रेष्ठ र संचालक श्री सुर्य ज्योति श्रेष्ठ विच सम्झौता भई दुवै स्वास्थ संस्थाहरूमा अौषधिमा ५% र अन्य उपचारमा २० देखि २५ प्रतिशतसम्म छुट दिनेगरि सम्झौता कार्य आज एक कार्यक्रमका विच सम्पन्न गरियो ।

संस्थाका उपाध्यक्ष श्री कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएकोमा सो कार्यक्रम संस्थाका सचिव श्री प्रताप डल्लाकोटिले संचालन गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष सरस्वति लामा लगायत कार्य समिति लेखा समिति वडा संयोजक र वडा समितिका पदाधिकारी एवम सदस्यहरू सहितको उपस्थिति रहेको थियो ।

आन्य समाचारहरु:-
June 15, 2024
रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई

चितवन  : रत्ननगर टाँडीले प्रहरीले नागरिकसँग दूरी घटाउन सार्वजनिक सुनुवाई गरेको छ ।  ईलाका प्रहरी कार्यालय रत्ननगरको आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।  […]

June 14, 2024
रत्ननगरमा दलित सशक्तिकरण कार्यक्रम सम्बन्धी अन्तर्किया

रत्ननगर । रत्ननगर नगरपालिकामा शुक्रबार विपन्न दलित सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० बारे छलफल तथा अन्तर्किया कार्यक्रम गरिएकाे छ । उपमेयर यादव प्रसाद पाठककाे अध्यक्षतामा भएकाे कार्यक्रममा दलित समुदायबाट प्रतिनिधित्व […]

June 14, 2024
रत्ननगर अस्पतालमा स्वास्थ्यमन्त्रीले भने ‘जग्गा खोज्नुस भवन बनाउन बजेट हाल्छु’

रत्ननगर । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप यादवले रत्ननगर अस्पतालमा भवन निर्माणको लागि बजेट हाल्ने बताएका छन् । सांसद हरि ढकाल सहित अस्पतालको निरीक्षणपछि आयोजित औपचारिक कार्यक्रममा मन्त्री यादवले स्थानीय […]

June 13, 2024
सौराहामा पर्यटन विकासको लागि अन्तर्किया

रत्ननगर । मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा चितवनको पर्यटन विकासको लागि विहीबार सर्वपक्षिय अन्तर्किया कार्यक्रम गरिएको छ । रत्ननगर पर्यटन प्रर्वद्धन समितिले तयार गरेको पर्यटन विकास सम्बन्धी कार्ययोजनाको मस्यौदा माथि […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram