Listen Live: 

एसियाड क्रिकेटमा नेपाल र भारतको खेल आज,पौने ७ बजे सुरु हुँदै

Radio Chitwan
मङ्लबार, अशोज १६, २०८०

काठमाडौं,असोज १६-

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले १९औं एसियाडको क्वाटरफाइनलमा आज भारतसँग प्रतिस्पर्धा गर्दै छ। टी-ट्वेन्टी आईमा नेपाल र भारत पहिलोपटक आमनेसामने हुन लागेका हुन्। नेपाल र भारतबीचको खेल भोलि बिहान नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ।

सोमबार भएको ड्र मा नेपाले भारत प्रतिद्वन्द्वी पाएको हो। नेपाल समूह एको विजेता हुँदै अन्तिम आठमा प्रवेश गरेको थियो। समूहको पहिलो खेलमा मंगोलियामाथि २७३ रनको कीर्तिमानी जित हात पारेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराएको थियो। भारत भने सिधै क्‍वाटरफाइनल खेल्दै छ।

ओडीआई विश्वकपका कारण सिधै क्‍वाटरफाइनलमा स्थान पाएका टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेशले एसियाडमा दोस्रो रोजाइका टिम पठाएका छन्। नेपालविरुद्ध उत्रने भारतीय टिममा इन्डियन प्रिमियर लिग, आईपीएलमा उच्च प्रदर्शन गरेका खेलाडी समावेश छन्।

ऋतुराज गायकवाडको कप्तानीमा रहेको भारतीय टिममा रिंकु सिंह, यसस्वी जैसवाल, अर्शदीप सिंह, वासिङ्टन सुन्दर, राहुल त्रिपाठी, तिलक बर्मा, शिव दुवेलगायत खेलाडी छन्। नेपालले गत महिना ओडीआईमा पहिलोपटक भारतसँग प्रतिस्पर्धा गरेको थियो। एसिया कप समूह चरणमा पहिले ब्याटिङ गरेको नेपालले २३० रन बनाउँदा विश्व क्रिकेटको ध्यान केन्द्रित भएको थियो।
आन्य समाचारहरु:-
November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

October 30, 2023
टी-ट्वेन्टी विश्वकप छनोट आजबाट सुरु हुने, नेपाल र सिंगापुर भिड्दै

काठमाडौं,कात्तिक १३- टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरु हुँदैछ। खेल बिहान ९ बजे सुरु हुनेछ। प्रतियोगिताको दाबेदारका रुपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्ने छ। खेल टीयू क्रिकेट […]

October 27, 2023
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजः उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं,कात्तिक १०- त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ। बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको […]

October 19, 2023
रत्ननगरमा मैत्रिपूर्ण फुटबल : पत्रकार टोलीको जि

रत्ननगर , कार्तिक २ । रोटरी क्लब अफ रत्ननगर र पूर्वी चितवनमा क्रियाशिल पत्रकार बीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । बडादसैँ , शुभ दिपावल तथा छठ पर्वको अवसरमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram