Listen Live: 

सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

Radio Chitwan
सोमवार, अशोज १५, २०८०

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी कक्षा सुरु गरेको हो ।

गत बर्ष ३९ जनालाई लोकसेवा तयारीका लागि प्रशिक्षणात्मक कक्षा सञ्चालन गरेको सो वडाले चालु आर्थिक बर्षमा थप ३० जनाका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको हो । लोकसेवा सारथी प्रा.लि खैरहनीको सहजीकरणमा तयारी कक्षा सञ्चालन गरिने छ । माधापुर माविमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकोटाले तयारी कक्षाको उद्घाटन गरेका हुन ।

सो अबसरमा उनले तयारी कक्षामा सहभागी भएर लोकसेवा पास गर्ने युवाहरुलाई जनही २० हजार रुपैया पुरस्कार प्रदान गर्ने घोषणा गरे । बैदेशिक रोजगारीको मोहले सरकारी जागिरप्रतिको आर्कषण घट्दै गएको भन्दै उनले युवाहरुलाई विदेश जानबाट रोक्न नगरपालिकाले सीपमुलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । नगरप्रमुख उद्यमशिलता कार्यक्रम मार्फत विना व्याज तीन लाख रुपैया प्रदान गर्दै आएको बताउदै मेयर सापकोटाले उक्त सुविधा लिएर उद्यमी बन्न युवाहरुलाई आग्रह गरे । लोकसेवा परीक्षा उत्तीर्ण गर्न सजिलो नभएको भन्दै मेयर सापकोटाले घुढाधसेर पढ्न तयारी कक्षामा सहभागी युवाहरुलाई आग्रह गरे ।

सरकारी सेवा चानचुने कुरा होइन उनले यो देशको सेवा गर्ने अबसर पनि हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले मुलुकको सासनलाई सुसासनमा परिणत गर्न सरकारी सेवामा लक्ष्य र अनुभवि जनशक्ति आवश्यक रहेको बताए ।

उनले निजामती सेवामा जागिरका लागि सुरु गरिएको तयारी कक्षा महत्वपूर्ण अबसर भएको बताए । वडाध्यक्ष आशिक तामाङले ६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा खरिदार र नायब शुब्बाको लागि कोर्ष पढाइने बताए । बेरोजगारी समस्याको अन्त्य गर्न र वडा भित्रका युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउन दोस्रो पटक तयारी कक्षा सञ्चालन गरिएको उनले बताए । गत आर्थिक बर्षमा ३९ जना र चालु आबमा ३० जनाको लागि तयारी कक्षा सुरु गरिएको उनले बताए । कार्यक्रममा लोकसेवा सारथी प्रा.लि.का प्रबन्ध निर्देशक महेश घिमिरेले कक्षा सञ्चालनबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

वडा सदस्य इमप्रसाद पन्तले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडा सदस्यहरु लीलादेवी पोखरेल, शिवप्रसाद तिवारी, रुकमाया परियार, नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । वडाध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रम वडा सचिव सुर्यप्रसाद ढुंगानाले सञ्चालन गरेका थिए ।
आन्य समाचारहरु:-
November 27, 2023
तरकारीले बजार नपाउँदा किसान चिन्तित

कृष्ण आचार्य, भरतपुर मङ्सिर ११- तरकारीले बजार नपाएपछि चितवनका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । […]

November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram