Listen Live: 

चितवनको ट्राफिक प्रहरीले चाडपर्व लक्षित गर्दै सुरु गर्‍यो,राजमार्गमा सवारीको गति मापन

Radio Chitwan
सोमवार, अशोज १५, २०८०

चितवन, असोज  १४ –

 चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले गति मापनको काम सुरु गरेको हो ।

कार्यालयका प्रमुख सुरेश सुवेदीले राडर गन (तीव्र गति मापन यन्त्र) द्वारा गति मापन सुरु गरिएको बताउनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको टिकौली जङ्गलमा र नारायणगढ–मुग्लिन सडक खण्डमा यही असोज १० गतेदेखि गति मापन सुरु गरिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा हालसम्म ४६ वटा सावरी साधन चालकलाई कारबाही गरिएको कार्यालयका प्रमुख सुवेदीले जानकारी दिनुभयो । जिल्लामा विसं २०७२ मा पहिलो पटक राडर गनमार्फत सवारीको गति मापनको काम सुरु गरिएको थियो ।

उहाँका अनुसार प्रतिघण्टा ४० किलोमिटरभन्दा छिटो गतिमा सवारी चलाएको पाइए कारबाही गर्ने गरिएको छ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४१ वटा सवारी दुर्घटना भइसकेका छन् । ती दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने एक सय सात जना घाइते भएका छन्।

  • कार्यालयको तथ्याङ्कअनुसार पूर्व–पश्चिम राजमार्गमा १३ वटा, नारायणगढ–मुग्लिन सडकमा सातवटा, पृथ्वी राजमार्गमा दुई वटा, सहरी सडक खण्डमा तीन वटा र भित्री सडकमा १६ वटा दुर्घटना भएका छन् । यी सडक दुर्घटनामध्ये तीव्र गतिका कारण दुर्घटना बढी भएको सुवेदीले बताउनुभयो । रासस
आन्य समाचारहरु:-
December 9, 2023
टिकौली चौरमा मंसिर २५ गते देखि दोस्रो रत्नप्रिय कप हुँदै

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]

December 8, 2023
उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ ...

उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]

December 7, 2023
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने

चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]

December 6, 2023
वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं  :  प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram