रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यासको भाउ प्रतिसिलिण्डर २१५ ले बढ्यो

Radio Chitwan
आइतवार, अशोज १४, २०८०
काठमाडौ,असोज १३-
- सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिवार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य शनिवार राति १२ः०० बजेपछि लागू हुनेछ ।
- यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर रु एक सय ८२ दशमलव पाँच, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा रु एक सय ८४ र काठमाडौँ, पोखरा र दिपायलमा रु एक सय ८५ पुगेको छ ।
- त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ दशमलव पाँच, दोस्रो वर्गमा रु एक सय ७८ र तेस्रो वर्गमा रु एक ७९ प्रतिलिटर कायम भएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु एक सय ४४ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ ।

आन्य समाचारहरु:-
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश
रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा
रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]