Listen Live: 

भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्छौः प्रमुख रेनु दाहाल

Radio Chitwan
शुक्रबार, अशोज १२, २०८०

चितवन असोज ११-
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने क्रम जारी रहेको बताउनुभएको छ ।
बिहिबार भरतपुर महानगरपालिकामा आईपुगेको गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्दै प्रमुख दाहालले यसको एउटा कडी भरतपुर भ्रमण वर्ष २०२४ भएको उल्लेख गर्नुभयो ।
भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई विशाल नदी नारायणी र राप्ती, १ दर्जनभन्दा बढी ताल, चारैतिर जंगल र उच्च भूभाग चौकी डाँडा पनि महानगरमै रहेकाले देशको दोस्रो पर्यटकीय गन्तव्य बन्नेमा आशावादी रहेको बताउनुभयो ।
प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा पर्यटकलाई हिंसात्मक बाघ देखाइने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा केजमा हिंसात्मक वा नरभक्षी बाघलाई पर्यटकलाई देखाउने गरी काम अगाडि बढेको पनि जानकारी दिनुभयो । उहाँले भरतपुरमा क्रुजदेखि साना बोटहरु सञ्चालनमा रहनुका साथै भरतपुर २९ को चौकीडाँडामा प्याराग्लाडिङको सुविधा पनि लिन सकिने जानकारी दिनुभयो ।
उहाँले गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । भ्रमण वर्षको अवसरमा पहिलो पटक यसरी टुरमा निस्किएको टोलीलाई स्वागत गरिएको पनि बताउनुभयो ।
टोलीले भरतपुरका १ दर्जन बढी ठाँउमा घुम्ने छ । बाईक टुरका संयोजक विष्णु विवेकलाई प्रमुख दाहालले भरतपुर भ्रमण वर्षको लोगो अंकित झण्डा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले भरतपुरमा निकुञ्जसहित भारतको गया, कासी बराबरको धामिर्क पर्यटकीय स्थल देवघाटधाम रहेको बताउनुभयो । उहाँले टोलीमा सहभागी सबैलाई डिजिटल प्रविधिमार्फत भरतपुरको पर्यटनलाई विश्वभर प्रचारप्रसारका लागि आग्रह गर्नुभयो । ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोली काठमाडौँ, हेटौडाँ, भरतपुर, लुम्बिनी हुँदै पोखरा पुग्ने छ । करिब ५० बाईकमा १०० जनाको टोलीले नेपालमा पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले विभिन्न समयमा यस्ता टुरहरु गर्दै आईरहेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram