Listen Live: 

चितवनको जिनाइन जातको केरामा पानामा रोगको उच्च जोखिम, प्याकिङ गरेर मात्र आयात गर्न आग्रह

Radio Chitwan
शुक्रबार, अशोज १२, २०८०

चितवन, ११ असोज-
जिल्लामा लगाइएको केरामा पानामा (टिआर–४)को उच्च जोखिम देखिएको छ । छिमेकी जिल्ला नवपुरको त्रिवेणीमा लगाइएको केरामा यो रोग देखिएसँगै यहाँ पनि उच्च जोखिम भएको हो ।

केरामा रोगको उच्च जोखिम भएपछि व्यवसायीलाई केरा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले व्यवसायी र कृषकबीचको अन्तक्र्रिया आयोजना गरी केरा र बिरुवा आयात गर्दा सावधानी अपनाउन अनुरोध गरेको हो ।

कार्यालयले छिमेकी जिल्लामा आइसकेका कारण यो जिल्ला पनि उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले अहिलेसम्म जिल्लामा यो रोगको सङ्क्रमण नदेखिए पनि सावधानी अपनाउन अनुरोध गर्नुभयो । केराको बगानमा जैविक सुरक्षा प्रणाली अपनाउने, केरा आयात गर्दा क्रेटमा वा प्याकिङ गरेर मात्र आयात गर्न, बगैँचामा रहेको घाँस काटेर बगैँचा बाहिर लैजान नहुने, केरा फल ढुवानी गर्दा एकद्वार प्रणाली अपनाउने, केरा बगानबाट पानी बाहिर बगेर जान नदिने, नयाँ बगैँचा स्थापना गर्दा सावधानी अपनाउनुपर्ने, सङ्क्रमित क्षेत्रको नर्सरीबाट केराको बेर्ना बाहिर जान नदिनेजस्ता १८ वटा आचारसंहिता कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका केरा जोनका संयोजक विष्णुहरि पन्तले यो रोग केराको कोभिडभन्दा पनि डरलाग्दो हुने भन्दै उच्च सतर्कता अपनाउन सके रोकथाम गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला भित्रने केराहरू पात र डाँठबिना भित्र्याउनुपर्छ ।” माटो, केराको डाँठ र पातबाट सर्ने भएकाले केरा आयात गर्दा यी कुरामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले थप्नुभयो, “अब हामी चाँडै नै नाकामा जाँच सुरु गर्छौँ ।” केरा लिएर बाहिरी जिल्लाबाट आएका ढुवानीका साधनलाई १० प्रतिशत बिल्चिङ पाउडरले निसङ्क्रमण गर्न नाका–नाकामा काम सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

केरा उत्पादक सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले बाहिरबाट ल्याइने र जिल्लाभित्रबाटै ल्याइने केरालाई समेत प्याकिङ गरेर ल्याउन व्यवसायीलाई अनुरोध गर्नुभयो । व्यवसायीले समेत यस कुरालाई कडाइका साथ पालना गर्ने बताएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख धनबहादुर थापाले भारतबाट गानो ल्याइएका बिरुवामा यो सङ्क्रमण देखिएको बताउनुभयो । चितवनमा अहिलेसम्म नदेखिए पनि उच्च सावधानी अपनाउन जरुरी रहेको उहाँको भनाइ थियो । जिल्लामा अन्य जिल्लाबाट गानो ल्याएर किसानले खेती नगरेका कारण अहिलेसम्म देखा नपरेको उहाँले बताउनुभो ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँडेलले महामारी कतिखेर हुन्छ भन्दा पनि हुनै नदिनका लागि आफूहरू लागिपरेको बताउनुभयो । राज्यका निकायबाट यसलाई भित्रन नदिनका लागि कार्यालय लागिपरेको भन्दै व्यवसायी र किसानले समेत यसमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यका निकायसँग हामीले सल्लाह गरेका छौँ । सावधानी अपनाउनुपर्छ ।”

पानामा ९टिआर–४० केरामा लाग्ने एक प्रकारको रोग हो । यो रोग नेपालमा पहिलोपटक टिकापुरमा देखिएको थियो । त्यसपछि अहिले त्रिवेणीमा देखिएको छ । यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म सजिलै सर्न सक्ने भएकाले किसान, व्यापारी तथा अन्य सरोकारवाला सचेत रहनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

‘पानामा’ ९टिआर–४० ले खासगरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरैजसो केराका जातमा आक्रमण गर्ने गर्दछ । जिल्लामा जीनाइन जाताको केराखेती गरिँदै आइएको छ । यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गर्दछ ।

जिल्लामा दुई हजार दुई सय पाँच हेक्टर क्षेत्रफलमा अहिले केराखेती हुँदै आएको छ । जसमध्ये चार सय हेक्टर क्षेत्रफलमा जीनाइन केरा लगाइएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका अनुसार विसं २०७२र७३ बाट चितवनमा यो जाताको केराखेती गरिँदै आइएको छ । कार्यालयका अनुसार हाल चितवनमा सात सय १२ जना व्यावसायिक किसान रहेका छन् । हालसम्म जिल्लामा दुई लाख ८० हजार बोट जीनाइनका बिरुवा वितरण गरिसकिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram