चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
आज विश्व पर्यटन दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौँ, असोज १०-
आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ । दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।
मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार आज बिहान ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटनमन्त्रीले स्वागत गर्ने कार्यक्रम छ । यस्तै बिहान साढे ७ बजे ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिनेछ । पाटन दरबार क्षेत्रमा आयोजित औपचारिक कार्यक्रममा हुनेछ । पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गर्ने उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ ।
‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]