रत्ननगर । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको […]
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका, असोज ८–
राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश परियार रहेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी अध्यक्ष जिवन थापामगरको अध्यक्षतामा आयोजना गरिएको भेलाले वडा कमिटी गठन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला सह सचिव पूर्ण महतो (निशान) ले पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था र युवाहरुले खेल्न सक्ने भूमिकाबारे प्रकाश पारेका थिए । महतोले मूलुकको परिवर्तनका लागि युवाहरुको सहभागीता र उपस्थिती राजनीतिमा आवश्यक रहेका बताए । नेकपा एमाले कालिका–७ का वडा अध्यक्ष बलबहादुर सिंजाली विशिष्ट अतिथि रहेका थिए ।
भेलामा युथफोर्स बागमती प्रदेश सदस्य सुजना मल्ल, राष्ट्रिय युवा संघ नेपाल चितवनका निवर्तमान सदस्य अजय लामा, गोविन्द घले, ओमराना मगर, र राष्ट्रिय युवा संघ नेपाल कालिका वडा नं। ६ का अध्यक्ष आयुस धमला लगायतका युवा नेताहरुको उपस्थिती थियो । युवा संघ नेपाल कालिका नगर कमिटी सह सचिव आकाश लामाले कार्यक्रम संचालन गरेका थिए ।


उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्य घट्यो, काउली किलोको पाँच रुपैयाँ चितवन, मंसिर २१- तरकारीको उत्पादन बढेसँगै चितवनमा तरकारीको मूल्यमा भारी गिरावट आएको छ । सबैको बारीमा तरकारी उत्पादन हुन थालेपछि तिहारपछि […]
चितवनका पाँच सय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिने चितवन, मंसिर २१- चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको […]
काठमाडौं : प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०को ४१ औं वार्षिकोत्सव तथा […]