Listen Live: 

डिजिटल नेपाल बनाउने सपना छः प्रधानमन्त्री दाहाल

Radio Chitwan
सोमवार, अशोज ८, २०८०

बेइजिङ, असोज ८ –

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ ।

आज चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो धारणा राख्नुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वमा बढ्दो विज्ञान एवं सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।”

उहाँले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

नेपालमा चीनका उद्योगी व्यवसायीहरुले गर्ने लगानीका क्षेत्रहरु धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि रहेकाले यस क्षेत्रमा लगानीका लागि उहाँले चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताहरुको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उहाँले सो अवसरमा व्यक्त गर्नुभएको थियो ।

हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालसहित उहाँको प्रतिनिधिमण्डल आज सो कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए । उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायतका इलेक्ट्रोनिक वस्तुहरु उत्पादन गर्ने गर्दछ । रासस

आन्य समाचारहरु:-
November 27, 2023
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने

काठमाडौँ, मंसिर ११- काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बत्ती बलेपछि बाटो काट्न सकिने ट्राफिक लाइट प्रविधि आजदेखि सञ्चालनमा आएको छ । जिल्ला अदालत अगाडिको सडकमा रू १० लाखको लागतमा […]

November 18, 2023
चितवन निकुञ्जमा गैँडा मारेको घटना छानविन गर्न समिति गठन

चितवन, मङ्सिर २-वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुईवटा गैँडा मारेको घटना छानविन गर्न समिति गठन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको […]

November 18, 2023
महिला टी–२० सिरिज: नेपालद्वारा जापान पराजित

हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला […]

October 30, 2023
जरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

काठमाडौं, कात्तिक १३- गाजामा इजरायली आक्रमणबाट ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram