Listen Live: 

बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

Radio Chitwan
सोमवार, अशोज ८, २०८०

काठमाडौँ, असार ०७-
नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई भेट्न व्यवस्त छन् । यत्ता अध्यक्षका आकाङ्क्षीमा पूर्व सांसद कृष्णभक्त पोखरेलको पनि ‘इन्ट्री’ भएको छ ।

यसअघि रामेछापका कैलाश ढुंगेल, काठमाडौँका सानु श्रेष्ठ, मकवानपुरका कृष्णप्रसाद दाहाल र नुवाकोटका केशवराज पाण्डे प्रदेश कमिटी अध्यक्षको आकाङ्क्षीका रूपमा चर्चामा आएका थिए । नुवाकोटका पाण्डे हाल पनि प्रदेश कमिटीका अध्यक्ष हुन् । त्यस्तै श्रेष्ठ प्रदेश सभामुख भैसकेका नेता हुन् भने ढुंगेल प्रदेशको आर्थिक मन्त्री भैसकेका नेता हुन् । सुरुवाती दिनमा दोलखाकी रचना खड्काले पनि अध्यक्षमा आकाङ्क्षा देखाए पनि उनी पछिल्ला दिनमा रिङ आउट भइसकेकी छन् ।

एमाले नेतृत्वले सकभर सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्ने पक्षमा रहेका बेला पोखरेलको एकाएक इन्ट्री भएको हो । अध्यक्षका आकाङ्क्षीमध्येका ढुंगेल र दाहालले सहमतिका लागि आफूहरू बाधक नबन्ने बताएका छन् ।

‘सहमति भए भैहाल्छ नभए चुनावबाट टुङ्गिन्छ’, दाहालले भने, ‘केन्द्रीय सदस्यबाहेकबाट नेतृत्व चयन गरौँ भन्दा पनि मेरो आपत्ति छैन’, दाहालको भनाइ छ ।

आफू अध्यक्षको आकाङ्क्षी रहेको पोखरेलले स्वीकार गरे । ‘अहिले नै भन्दा हतार होला । तर साथीभाइहरूसँग सरसल्लाह गर्दा तपाई प्रदेश कमिटीको अध्यक्षमा उठ्नुस् भन्ने नै धेरैको सुझाव पाएँ, त्यसैले साथीभाइको यो सुझावका आधारमा अघि बढ्न खोज्दैछु’, पोखरेलले भने ।

यसअघि एमाले नेतृत्वले ढुंगेल, श्रेष्ठ, दाहाल र पाण्डेबीचमा सहमतिको प्रयास गरेको थियो । तर त्यो प्रयास सफल हुने नदेखिएपछि सर्वस्वीकार्य व्यक्तिका रूपमा पोखरेललाई अघि बढ्न नेतृत्वले समेत ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहान भेटेका पोखरेलले त्यसपछि दिनभर एमाले पार्टी कार्यालय च्यासलमा आफू निकटका नेता, कार्यकर्ता र केन्द्रीय नेताहरूसँग भेटघाट र छलफल गरेका थिए ।

‘कृष्णभक्त २ पटक संघीय सांसद, जिल्ला अध्यक्ष र कानुन समितिको सभापति भएर जिम्मेवारी निर्वाह गरेका छन् । उनीमा अहिलेसम्म कुनै दाग समेत लागेको छैन । उनको नाममा सर्वसम्मतिको प्रयास गर्ने पक्षमा ओली देखिएका छन् । यदि सर्वसम्मत भएन र मतदान नै भयो भने पनि कृष्णभक्तलाई प्रतिनिधिले साथ दिने नेतृत्वको विश्वास रहेको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram