Listen Live: 

बागमतीको एमाले अध्यक्षमा चितवनका कृष्णभक्तलाई उठाउने तयारीमा ओली

Radio Chitwan
सोमवार, अशोज ८, २०८०

काठमाडौँ, असार ०७-
नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई भेट्न व्यवस्त छन् । यत्ता अध्यक्षका आकाङ्क्षीमा पूर्व सांसद कृष्णभक्त पोखरेलको पनि ‘इन्ट्री’ भएको छ ।

यसअघि रामेछापका कैलाश ढुंगेल, काठमाडौँका सानु श्रेष्ठ, मकवानपुरका कृष्णप्रसाद दाहाल र नुवाकोटका केशवराज पाण्डे प्रदेश कमिटी अध्यक्षको आकाङ्क्षीका रूपमा चर्चामा आएका थिए । नुवाकोटका पाण्डे हाल पनि प्रदेश कमिटीका अध्यक्ष हुन् । त्यस्तै श्रेष्ठ प्रदेश सभामुख भैसकेका नेता हुन् भने ढुंगेल प्रदेशको आर्थिक मन्त्री भैसकेका नेता हुन् । सुरुवाती दिनमा दोलखाकी रचना खड्काले पनि अध्यक्षमा आकाङ्क्षा देखाए पनि उनी पछिल्ला दिनमा रिङ आउट भइसकेकी छन् ।

एमाले नेतृत्वले सकभर सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्ने पक्षमा रहेका बेला पोखरेलको एकाएक इन्ट्री भएको हो । अध्यक्षका आकाङ्क्षीमध्येका ढुंगेल र दाहालले सहमतिका लागि आफूहरू बाधक नबन्ने बताएका छन् ।

‘सहमति भए भैहाल्छ नभए चुनावबाट टुङ्गिन्छ’, दाहालले भने, ‘केन्द्रीय सदस्यबाहेकबाट नेतृत्व चयन गरौँ भन्दा पनि मेरो आपत्ति छैन’, दाहालको भनाइ छ ।

आफू अध्यक्षको आकाङ्क्षी रहेको पोखरेलले स्वीकार गरे । ‘अहिले नै भन्दा हतार होला । तर साथीभाइहरूसँग सरसल्लाह गर्दा तपाई प्रदेश कमिटीको अध्यक्षमा उठ्नुस् भन्ने नै धेरैको सुझाव पाएँ, त्यसैले साथीभाइको यो सुझावका आधारमा अघि बढ्न खोज्दैछु’, पोखरेलले भने ।

यसअघि एमाले नेतृत्वले ढुंगेल, श्रेष्ठ, दाहाल र पाण्डेबीचमा सहमतिको प्रयास गरेको थियो । तर त्यो प्रयास सफल हुने नदेखिएपछि सर्वस्वीकार्य व्यक्तिका रूपमा पोखरेललाई अघि बढ्न नेतृत्वले समेत ‘ग्रिन सिग्नल’ दिएको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बिहान भेटेका पोखरेलले त्यसपछि दिनभर एमाले पार्टी कार्यालय च्यासलमा आफू निकटका नेता, कार्यकर्ता र केन्द्रीय नेताहरूसँग भेटघाट र छलफल गरेका थिए ।

‘कृष्णभक्त २ पटक संघीय सांसद, जिल्ला अध्यक्ष र कानुन समितिको सभापति भएर जिम्मेवारी निर्वाह गरेका छन् । उनीमा अहिलेसम्म कुनै दाग समेत लागेको छैन । उनको नाममा सर्वसम्मतिको प्रयास गर्ने पक्षमा ओली देखिएका छन् । यदि सर्वसम्मत भएन र मतदान नै भयो भने पनि कृष्णभक्तलाई प्रतिनिधिले साथ दिने नेतृत्वको विश्वास रहेको छ ।

आन्य समाचारहरु:-
January 20, 2025
चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम 

चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।  महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 20, 2025
सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन 

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]

January 20, 2025
चितवन महोत्सवमा हेल्थी बेवी प्रतियोगिता : विजेता राना मगर बनिन् प्रथम

चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]

January 19, 2025
रत्ननगरमा एचपिभी खाेप सम्बन्धी अभिमुखिकरण 

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram