Listen Live: 

राप्तीको भण्डारामा असोज २३ देखि दशै मेला हुने

Radio Chitwan
शनिबार, अशोज ६, २०८०

राप्ती ०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय स्तरमा व्यापार व्यवसाय प्रर्वधको लागि मेला आयोजना गरेको हो । प्रा.लि.ले शनिबार भण्डारामा पत्रकार सम्मेलनको आयोजना गरी ब्यापार, व्यबसायको प्रर्बधन तथा कला, संस्कृतिको संरक्षणका गर्ने उदेश्यले दशै मेला आयोजना गरिएको जनाएको छ । कार्तिक ४ गतेसम्म चल्ने मेला उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय्, समुन्नत नगरको उदय भन्ने नाराका साथ आयोजना गरिएको आयोजनाले जनाएको छ । राप्ती ६ राजमार्गसंग जोडिएको हर्दीको खाली चौरमा मेला हुने छ । यस अघि दशै मेला, परेवाकोट पर्यटन मेला सम्पन्न गरिसकेको इन्टरटेनमेन्ट प्रा.लि.ले राप्ती मेलामा १०० वटा स्टल रहनेछ । मेलालाई संगितमय बनाउन खोजिएको छ । मेलामा प्रमोद खरेल, ज्योति मगर, स्वप्न सुमन, भुमिका गिरी, एलिना चौहान, दुर्गेश थापा, तृष्णा गुरुङ लगायतका कलाकारहरुलाई उतार्ने तयारी गरिएको प्रा.लिका अध्यक्ष तथा मेला मुल व्यवस्थापन समितिका संयोजक प्रविण खनालले बताए । मेलामा वडास्तरीय रसी तान्ने प्रतियोगिता, स्लो साइकल रेस, स्लो बाइक रेस, नृत्य र चितकला प्रतियोगिता, फुटबल ट्राइ ब्रेकर लगायतका खेलहरु पनि आयोजना हुनेछ । मेलामा ५० लाख भन्दा बढीको कारोबार हुने र ५० हजार दर्शकले अबलोकन गर्ने आयोजकको अनुमान छ । मेला प्रबेशका लागि सर्वसाधारणलाई रु १००, विद्यार्थीलाई ५० रुपैयाँ र अपांग र जेष्ठ नागरिकलाई निःशुल्क व्यबस्था मिलाइएको छ । आर्थिक मन्दीले व्यापार, व्यबसाय थलिएको छ, मेलाले राहतको महसुस हुने अपेक्षा छ,संयोजक खनालले भने । मेलामा महलाइ विशेष महत्व दिन लागिएको छ । महको विशेष स्टल रहनेछ भने उपस्थित हुने अतिथिहरुलाई मायाको चिनो स्वरुप मह प्रदान गरिने संयोजक खनालले बताए । मेलाबाट भएको आम्दानी मध्येबाट राप्तीमा १३ वटै वडाका युवा तथा महिलालाई स्वरोजगार तालिम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिने आयोजकले प्रतिबद्धता जनाएको छ ।

आन्य समाचारहरु:-
November 28, 2023
चितवन नारायणी महोत्सवमार्फत् दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

चितवन,मंसिर १२-  नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन् । मङ्सिर […]

October 30, 2023
भरतपुर–२२ का वडाबासीले पाउने भए निःशुल्क रगत, रेडक्रससंग वडा अध्यक्षले महतोले गरे सम्झौता

चितवन, कात्तिक १३– चितवनको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको भरतपुर महानगरपालिका–२२ का वडाबासीले अब निःशुल्क रगत पाउने भएका छन् । वडा कार्यालयले बजेट विनियोजन गरेर नेपाल रेडक्रस सोसाइटीसंग सम्झौता […]

October 21, 2023
काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को, हिजो एकैदिन एक लाखभन्दा धेरै बाहिरिए

काठमाण्डाै - विजयादशमी नजिकिँदै गर्दा काठमाण्डौ उपत्यका छाडेर घर जानेको लर्को लागेको छ ।  रोजगारी, अध्ययन तथा अन्य पेसा–व्यवसायका लागि उपत्यकामा रहेकाहरू धमाधम घर फर्किरहेका छन् । आजदेखि सरकारी बिदा समेत शुरु […]

October 19, 2023
रत्ननगरमा मैत्रिपूर्ण फुटबल : पत्रकार टोलीको जि

रत्ननगर , कार्तिक २ । रोटरी क्लब अफ रत्ननगर र पूर्वी चितवनमा क्रियाशिल पत्रकार बीच बिहीबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको छ । बडादसैँ , शुभ दिपावल तथा छठ पर्वको अवसरमा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram