कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नेपालमा थप १८ जनामा कारोना सङ्क्रमण पुष्टि

काठमाण्डौ, ११ चैत । पछिल्लो २४ घण्टामा नेपालमा १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ४२ जनाको नमुना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा तल झरेको छ । महामारीको तेस्रो लहर उत्कर्षमा पुग्दा गएको माघ १३ गते ९० हजार पाँच सय नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै आज शुक्रवार एक हजार नौ सय ६० मा झरेको हो । पछिल्लो २४ घण्टामा दुई सय ७१ जना निको भए ।
यो अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यसैबीच पछिल्लो २४ घण्टामा ६४ हजार तीन सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]