Listen Live: 

उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

Radio Chitwan
शनिबार, भदौ ३०, २०८०

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्र रानामगरमार्फत सम्मान गरिएको हो ।

नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरका अनुसार जिल्ला समितिले गरेको कार्यसम्पादन मूल्याङ्कनका क्रममा जिल्लामा गठित ४८ वटा प्रारम्भिक समितिमध्ये क्षेत्रपुरस्थित चन्द्र एकता मगर समाजले उत्कृष्ट प्रारम्भिक संस्थाको रूपमा सम्मान ग्रहण गरेको हो । यस्तै आठवटा भातृ संगठनहरूमा नेपाल मगर महिला संघ प्रथम, नेपाल मगर विद्यार्थी संघ द्वितीय र नेपाल मगर सांस्कृतिक संघले तृतीय स्थान हासिल गरेको उनले बताए । उत्कृष्ट सबैलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत नरेन्द्र रानामगरले चितवनका मगर समुदायले जातीय सांस्कृतिक पहिचान जीवित राख्न सफल भएको बताए । ‘अब सबै ठाउँमा बिर्सँदै गएको भाषालाई पनि संरक्षण गर्नु आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि नेपाल मगर संघ र मातहतका सबै संघसंगठन लाग्नु पर्छ ।’ नेपाल मगर संघ बागमती प्रदेशका अध्यक्ष मिलन थापामगरले चितवन जिल्लामा मगर संघले उत्कृष्ट काम गर्दै आएको हुँदा जिल्लाले बनाउँदै आएको छवि गुमाउन नहुने सुझाव दिए । ‘भावी दिनमा अझै धेरै काम गर्नुछ,’ उनले भने, ‘यदि काम गर्नै सकेन छ भने पनि अहिलेसम्म गर्दै आएको कामलाई घटाउन हुँदैन ।’ नेपाल मगर संघ चितवनका उपाध्यक्ष लालबहादुर रानामगरले स्वागत मन्तव्य दिएको कार्यक्रम जिल्ला अध्यक्ष ठाकुरसिंह आलेमगरको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघले सांस्कृतिक प्रस्तुतिसमेत देखाएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram