Listen Live: 

रत्ननगर उद्योग बाणिज्य संघको अध्यक्षमा शंकर गिरी

Radio Chitwan
बुधबार, भदौ २७, २०८०

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको नवनिर्वाचित अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हालेका छन् । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं अधिवेशनबाट विधानत् स्वतह अध्यक्षमा निर्वाचित भएका हुन । बरिष्ठ उपाध्यक्ष संघको अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । निर्वाचन समितिका संयोजक बार एशोसियसन चितवनका अध्यक्ष अधिबक्ता खगराज कँडेलले गिरीलाई पद तथा गोपनीयताको सपथग्रहण र संघका निर्वतमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठले पद हस्तान्तरण गरेका थिए । संघको बरिष्ठ उपाध्यक्षमा निराजन खनाल, उद्योग तर्फ उपाध्यक्षमा राममणि थपलिया, बाणिज्य तर्फ उपाध्यक्षमा रामशरण नेपाल, बस्तुगत उपाध्यक्षमा शिव मैनाली, एशोसिएट उपाध्यक्षमा हरि अधिकारी, महासचिवमा उपेन्द्र शर्मा आचार्य र कोषाध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । बाणिज्य तर्फ सदस्यमा सुर्यप्रकास रेग्मी, सन्तोष लामा, रामहरि अधिकारी, कमल किशोर मोहता, रविन्द्र श्रेष्ठ, श्रीकृष्ण चौधरी, रविचन्द्र तिमिल्सिना र सागर दुवाडी निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फ सदस्यमा बेदप्रसाद आचार्य, हरिशरण भट्टराई, लक्ष्मीलाल श्रेष्ठ, शम्शेर धामल्ले, सुविन काजी श्रेष्ठ र अनिल अधिकारी, महिला सदस्य तर्फ लक्ष्मी श्रेष्ठ, एशोसियट सदस्य तर्फ अनुप विसुराल, सुवास मिश्र, बस्तुगत सदस्य तर्फ नवराज तिमिल्सिना चयन भएका छन् । संघको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिबक्ता कँडेलले अध्यक्ष गिरी सहित पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई सपथग्रहण तथा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नबनिर्वाचित अध्यक्ष शंकर गिरीले आर्थिक संकटको जोखिमबाट व्यवसायीलाई जोगाउन सरकारी पहल थाल्ने बताए । व्यवसायीका समस्या पहिचान गरी सामधानको लागि सार्थक पहल गर्ने बताउदै उनले त्यसका लागि व्यवसायीको एकता आवश्यक रहेको बताए । संघको कार्यभार सम्हाल्दै गर्दा अनेकौं चुनौती रहेको भन्दै उनले चुनौतीलाई अबसरको रुपमा लिएर संघको गरिमा उच्च राख्न प्रयत्नशिल रहने बताए । उनले निकट भविश्यमै हुने रत्ननगर महोत्सवको नयाँ संस्करणलाई व्यवस्थित गर्दै आर्थिक विकासको मेरुदण्डको रुपमा स्थापित गर्ने बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष ज्ञानबहादुर विसुरालले संघमा व्यवसायी बीच एकताको नहुँदा नेतृत्व चयनका बेला राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै सचेत हुनुपर्ने बताए । हामी व्यवसायी हौ उनले भने नेतृत्व चयनका बेला हामी बीचमा एकता नहुँदा दलहरुले हस्तक्षेप गर्ने बाताबरण बन्यो । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका संघका निर्वतमान अध्यक्ष अनिलकृष्ण प्रमुख अतिथि रहेको सो कार्यक्रममा संघका संस्थापक अध्यक्ष हरिशरण पाठक, पूर्वअध्यक्षहरु नारायणकाजी श्रेष्ठ, केशबनारायण श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, ज्ञानबहादुर विसुराल लगायतले मन्तव्य राखेका थिए । निर्वाचन समितिका संयोजक कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्त समितिका सदस्य अघिबक्ता रामकृष्ण अधिकारीले स्वागत मन्तव्य तथा अर्का सदस्य अधिबक्त दिवाकर अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
September 22, 2023
आज सरकार र शिक्षकबीच औपचारिक वार्ता

काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]

September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram