Listen Live: 

रत्ननगरमा तीज सांस्कृतिक महोत्सव सुरु

Radio Chitwan
बुधबार, भदौ २७, २०८०

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा मंगलबारदेखि रत्ननगर तीज साँस्कृतिक महोत्सव सुरु भएको छ । दी हेल्पिङ युथ क्लव रत्ननगरले हरितालिका तीजको अबसरमा सो महोत्सव आयोजना गरेको हो । महोत्सव सुरु हुनुपूर्व विहान रत्ननगरमा भब्य शोभायात्रा निकालिएको थियो । महोत्सवको बागमती प्रदेशका सांसद तथा पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरेका थिए । संस्कृति संरक्षण तथा जिल्लाको आर्थिक विकासको गर्ने उद्देश्यले शान्तिचोक स्थित खुल्लाचौरमा महोत्सव आयोजना गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्णप्रसाद खनालले तीजको अबसरमा आयोजना गरिएको सांस्कृतिक महोत्सवले स्थानीय स्तरमा आर्थिक विकासमा टेवा पुग्ने बताए । पछिल्लो समय हराउदै गएको तीजको मौलिक संस्कृति जर्गेना गर्न महोत्सव कोसेढुंगा सावित हुने भन्दै उनले महोत्सवलाई शभ्य रुपमा अगाडि बढाउन आग्रह गरे । महोत्सवमा १५० वटा व्यवसायिक स्टलहरु रहेका छन् । महोत्सवमा तीज केन्द्रीत स्टलसंगै तीजको दिन महोत्सव परिसरमा भब्य तीज गीत कार्यक्रम गरिने छ । स्थानीय स्तरका प्रतिभा पहिचान र जिल्ला भित्रका उत्पादनको बजारीकरण मार्फत राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य महोत्सवको आयोजना गरिएको मुल समारोह समितिका संरक्षक सुजन क्षेत्रीले बताए । कोरोना महामारीको चपेटामा रहेको चितवनको पर्यटनलाई उकास्ने गरि महोत्सवमा गतिविधि समावेश गरिने छ । महोत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा योगदान दिने उनले बताए । ओमशक्ति मारुती इभेन्ट एण्ड म्यानेजमेन्ट नामक संस्थाको सहयोगमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा बाल उद्यन, कृषि परिसर तथा सांस्कृतिक कार्यक्रम तर्फ तीज गीत प्रतियोगिता तथा नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु ज्योति मगर, दुर्गेश थापा, प्रिती आले, कमल खत्री, मिलन लामा, टीका प्रसाईँ, एलिना चौहान, उर्गेन डोङ, करणराज गिरी, संजिवसिंह राना, ढकाराम पौडेल, टीका सानु, वलराम सरकार, विवस पाठक, रमेश मेलोडी, जादुगर गुन्द्रुके मनोज गोर्खाली, मनोज चौधरी, विना भूजेल, मीना गिरी साथमा स्थानीय कलाकारको प्रस्तुति रहने छ । क्लवका अध्यक्ष संजय तामाङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडायक्ष कुलप्रसाख सापकोटा, वडा नं ६ का वडायक्ष किरण महतो, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपक खतिवडा, रेवान सौराहाका महासचिव सुर्यबहादुर रिमाल, रत्ननगर शिक्षा समितिका सदस्य नेत्रप्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक सुर्यमान तामाङले स्वागत मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
September 20, 2023
आज संविधान दिवसः संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा

काठमाडौँ, असोज ३- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान […]

September 18, 2023
आज हरितालिका (तीज) व्रतः ‘महिला, पुरुष दुवैले गर्नुपर्छ’

काठमाडौँ, असोज १- धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले […]

September 16, 2023
उत्कृष्ट समिति र भातृ संस्थालाई मगर संघको सम्मान

नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]

September 15, 2023
पेवा साकोसको १२ औ बार्षिक उत्सवको अवसरमा नि:शुक्क खोप

पेवा साकोसको १२ औ बार्षिक उत्सवको अवसरमा  मिति २०८०-५-२९ गते ,रत्ननगर -१५ मा रहेको पन्चायन डेरी प्रङ्णमा बिहान १० बजे देखि २ बजे सम्म महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram