रत्ननगर, रत्ननगरको टिकौली चौरमा जारी राष्ट्रिय स्तरको सेन्ट्रल कलेज तेस्रो रत्न प्रिय कप महिला फुटबल प्रतियोगितामा अन्तर्गत आज (आइतवार) भएको खेलमा निजगढ फुटबल क्लब विजयी भएको छ । परिवर्तन हातेमालो […]
बकुलहरमा स्टडी गुरु अस्टेलियाकाे शाखा उद्घाटन
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका वडा नं १ बकुलहर चाेकमा स्टडी गुरु अस्टेलिया नामक कन्सल्टेन्सीकाे शाखा कार्यालय उद्घाटन गरिएकाे छ । अस्टेलिया लगायत विभिनन्न देशमा विद्यार्थी पठाउदै आएकाे साे कन्सल्टेन्सीले चितवनमा पहिलाे शाखा सञ्चालनमा ल्याएकाे हाे । वडा नं १ का वडाध्यक्ष कुलप्रसाद सापकाेटा र चितवन शाखाका प्रबन्ध निर्देशक अजय महत(सनम)ले सयुक्त रुपमा शाखाकाे उद्घाटन गरेका हुन् । साे कन्सल्टेन्सीले अस्टेलिया, क्यानडा, युके, न्यूजिल्याण्ड, अमेरिका लगायका देशका अध्यानका लागि शैक्षिक परामर्श र प्रक्रियाकाे सहजीकरणकाे काम गर्ने प्रबन्ध निर्दैशक महतले बताए । विदेश अध्ययनका लागि जानुपूर्व नेपालमा अध्ययन गर्नुपर्ने विषय पढाउनुका साथै प्रक्रियामा बारेमा शैक्षिक परामर्श समेत प्रदान गरिने उनले बताए । कार्यक्रमका प्रमुख अतिथि सापकाेटाले उच्च शिक्षा अध्ययनकाे लागि विदेश जाने प्रचलन बढ्दै गएकाे भन्दै सकभर नेपालमै अध्ययन गर्न र जानै परे विश्वासीलाे माध्यमबाट जान आग्रह गरे । कार्यक्रममा शाखाका म्यानेजर सुवास सापकाेटाले कन्सल्टेन्सीले प्रदान गर्ने सेवाकाे विषयमा जानकारी गराएका थिए । सन २०१० मा स्थापना भएकाे साे कन्सल्टेन्सीकाे मुख्य कार्यालय अस्टेलियाकाे परामाटा सिटीमा रहेकाे छ । अस्टेलियाकाे सिड्नीमा समेत शाखा रहेकाे साे कन्सल्टेन्सीकाे दुवईमा एक,भारतमा १२ र काठमाडाैंमा एउटा शाखा रहेकाे छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोएल्सको अपराजित यात्रामा पूर्णबिराम लागेको छ ।आफ्नो चौथो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । हारपछि सुदूरपश्चिमले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको […]
काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुर्व्यवहार गरिएको भनेर गरिएको टिप्पणी र चर्चाको खण्डन गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव […]
रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले नगरको समग्र विकासको लागि सुझाव दिएका छन् । साउनदेखि कात्तिक मसान्तभित्र भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव […]