Listen Live: 

रत्ननगरमा सहकारी र फोहोर व्यवस्थापन सम्बन्धी तीजगीत प्रतियोगिता

Radio Chitwan
शनिबार, भदौ २३, २०८०

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शनिवार आयोजना गरिएको गरिएको तीज गीत प्रतियोगितामा सहकारी विकास र फोहोरमैला व्यवस्थापनको विषयलाई प्राथमिकता दिइएको छ ।

वडा नं १२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था र फोहोरमैत्री व्यवस्थापन समिति रत्ननगरले सयुक्त रुपमा उत्पादनमा सहकारी, फोहोरमैला व्यवस्थापनमा हाम्रो जिम्मेवारी विषयक तीज गीत प्रतियोगिता गरेको हो । प्रतियोगितामा सहभागी महिलासमुहहरुले उत्पादनशिल क्षेत्रमा सहकारीले खेल्न सक्ने भूमिका र फोहोर व्यवस्थापनले वाताबरणमा पार्ने सकरात्मक प्रभावका बारेमा सचेतनामुलक गीत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा शान्तिकुञ्ज टोल विकास संस्था प्रथम, सुर्यदय टोल विकास संस्था द्धितीय र आर्दश टोल विकास संस्था तृतीय भएको सहकारीकी उपाध्यक्ष दुर्गा बरालले जानकारी दिइन् । १३ वटा समुहको सहभागीता रहेको सो प्रतियोगिताको निर्णायकमा लोकदोहोरी गायक नेत्रजी पन्त, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान चितवनका अध्यक्ष कृष्ण भट्टराई, प्रतिष्ठानका पूर्व सदस्य दशरथ सापकोटा रहेका थिए । प्रतियोगितामा प्रथम भएको समुहलाई १५ हजार, द्धितीय भएको समुहलाई १० हजार र तृतीय भएको समुहलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको संस्थाकी सचिव सम्झना लामिछानेले जानकारी दिइने ।

संस्थाकी अध्यक्ष निर्मला दंगाल, फोहोरमैला व्यवस्थापन समिति रत्ननगरका संयोजक रघुनाथ भट्ट र सेवा नेपालकी अध्यक्ष तथा सहकारीकी संस्थापक अध्यक्ष पार्वती न्यौपानेले पुरस्कार हस्तान्तरण गरेका थिए । सो अबसरमा संस्थाकी अध्यक्ष दंगालले सहकारीलाई उत्पादनशिल बनाउन र वाताबरण जोगाउन फोहोर व्यवस्थापनको विषयलाई सयुक्त रुपमा तीज गीत मार्फत समाजमा सकरात्मक सन्देश फैलाउन कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वडा नं १२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले शान्तिकुञ्ज सहकारीले ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यमशिल बनाउन खेलेको भूमिकालाई प्रशंसा गर्दै सहकारीसंग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए । फोहोरमैत्री व्यवस्थापन समिति रत्ननगरका संयोजक रघुनाथ भट्टले तीज गीत मार्फत फोहोर व्यवस्थापनबारे समुदायलाई सचेत गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद अर्याल, सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपाने, पञ्चकन्या माविकी प्रधानाध्यापक अनिता पौडेल लगायतले मन्तव्य राखेका थिए । संस्थाकी अध्यक्ष दंगालको अध्यक्षतामा भएको कार्यक्रममा फोहोरमैत्री व्यवस्थापन समिति रत्ननगरका संयोजक रघुनाथ भट्टले स्वागत मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram