Listen Live: 

चेपाङ समुदायले सामूहिक रुपमा मनाए न्वागी पर्व

Radio Chitwan
शनिबार, भदौ २३, २०८०

रत्ननगर । चितवनका चेपाङ समुदायले शुक्रबार सामूहिक रुपमा न्वागी पर्व अर्थात छोनाम पर्व मनाएका छन् । घैया धानको चामलको भात खाएर तथा ढ्याङग्रो ठोकेर आफ्नो परम्परागत विधिका साथ चेपाङ समूदायले यो पर्व मनाएका हुन् । उनीहरुले घर–घरमै पनि यो पर्व मनाएका छन् ।

रत्ननगरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रले न्वागी पर्वको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । पछिल्लो समय चेपाङ समुदायका झाँक्री (पान्दे) भेट्नै मुस्किल हुन्छ, तर केन्द्रका सञ्चालक केपिकिरण शर्माले सात जना पान्दे केन्द्रमै ल्याएर चेपाङ बालबालिकाकाबीच पर्व मनाइदिएका हुन् ।

धर्तीको पूजा गर्ने चेपाङहरुले मुख्य पर्वको रुपमा हरेक वर्ष भदौ २२ गतेका दिन न्वागी अर्थात् छोनाम मनाउने गर्दछन् । नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै यो पर्व मनाइन्छ ।

यो दिन चेपाङहरुले घैया धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् । केन्द्रमा भेटिएका सो समुदायका झाक्री राप्ती वडा नं १२ वाकराङका अमृतलाल चेपाङले घैया धानको चामलको भात तथा अन्य मीठोमसिनो खाएर पर्व मनाउँदै आएको बताए ।

‘आफूले उब्जाएको नयाँ अन्नबालीलाई पूजा गरेर यो पर्व मनाउँछौँ’ उनले भने, ‘न्वागीमा अन्नको पूजा गरेपछि मात्र त्यो अन्नलाई अरु दिनमा खाने चलन छ ।’ झाँक्रीहरुले अनिकाल नलागोस् भनेर ढ्याङ्ग्रो ठोकेर धर्तीको पूजा गर्ने गरेको उनले बताए ।

‘सक्नेले माछामासुसमेत खान्छन् उनले भने ‘नसक्नेले घैया धानको चामलको भात खाएर पर्व मनाउँछन् ।’ न्वागीले आपसी भातृत्व र मित्रतालाई बलियो बनाउने उनले बताए । यस पर्वमा चेपाङहरुले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर कसैले आफ्नै घरमा र सामूहिकरुपमा भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गर्छन् ।

पछिल्लो समयमा धर्म परिवर्तनको लहर चेपाङहरुमा व्यापक बढ्दै गएको छ । केन्द्रका अध्यक्ष शर्माले ७० प्रतिशत चेपाङ समुदायले धर्मपरिर्वतन गरेको भन्दै चिन्ता व्यक्त गरे । ‘चेपाङ डाँडामा विद्यालयको भवन भन्दा चर्चका भवन बढी देखिन थालेका छन्’, उनले भने, ‘धर्मपरिर्वतनले चेपाङको संस्कृति मासिँदै गएको छ ।’

केन्द्रमा आश्रित १४० जना बालबालिकालाई आफ्नो समुदायको धर्म, संस्कृति र चाडपर्वको बारेमा जानकारी गराउन केन्द्रमै न्वागी पर्व मनाएको अध्यक्ष शर्माले बताए ।

औपचारिक कार्यक्रममा साहित्यकार सरिता तिवारी, रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्य राजेन्द्र हमाल, व्यवसायी रुपेश दर्नाललगायतको सहभागिता रहेको थियो ।

नेपालमा मकवानपुर, धादिङ, चितवनलगायत २६ जिल्लामा चेपाङहरुको बसोवास रहेको छ । नेपालमा चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६६ छ ।

आन्य समाचारहरु:-
October 3, 2023
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते

सुदूरपश्चिम, असोज १६-बझाङ केन्द्रविन्दु भएर आज दिउँसो गएको भूकम्पको धक्काका कारण घर तथा संरचना भत्कँदा पाँच जना घाइते भएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घाइतेलाई उपचारका लागि […]

October 2, 2023
सरकारी जागिरका लागि रत्ननगरमा लोकसेवा तयारी कक्षा सुरु

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]

October 1, 2023
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यासको भाउ प्रतिसिलिण्डर २१५ ले बढ्यो

काठमाडौ,असोज १३-

September 29, 2023
नारायणी नदीमा १०० टन क्षमताका पानीजहाज चलाउने योजना अलपत्र

काठमाडौं, असोज ११- एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram