Listen Live: 

कोरोना महामारी नियन्त्रण गर्न लकडाउन गरेको आज दुई वर्ष पुरा, ४ अर्बको मास्क भित्रियो

Radio Chitwan
शुक्रबार, चैत्र ११, २०७८

काठमाडौं, ११ चैत्र । कोरोना महामारी सुरु भएपछि त्यसको नियन्त्रण गर्न नेपालमा पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न पहिलो पटक २०७६ चैत्र ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो ।
पहिलो पटक लकडाउन सुरु गरेपछिको दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ ।
भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएको छ ।
कोरोना महामारी विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
कोरोना नियन्त्रण गर्न अनिवार्य मास्कको प्रयोग गर्न नेपालमा पनि स्थानीय प्रशासनले आदेशहरु जारी गरेका थिए । मास्को प्रयोगलाई अनिवार्य गरेपछि नेपालले मास्को आयात सुरु गरेको थियो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि फागुन मसान्तसम्म १ अर्ब ५ करोड ४० लाख २३ हजार रुपैयाँको फेस मास्क नेपालले आयात गरेको छ । सो मुल्यमा १२ करोड ९४ लाख ४ हजार ६१८ थान मास्क नेपाल भित्रिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ३५ करोड ९८ लाख २ हजार १४४ थान र २७ हजार १७१ केजी मास्क नेपालले आयात गरेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ (चैत्रदेखि असारसम्म) मा नेपालमा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी मास्क भित्रिएको थियो ।

आन्य समाचारहरु:-
March 25, 2025
पुग्यो WorldLink को १० लाख ग्राहाक

१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।

February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram