कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
नवलपुरको कावासोतीमा विषालु च्याउ खाँदा चार जना बिरामी

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा विषालु च्याउ खाँदा चार जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसार कावासोती–१४ त्रिभुवनटारमा रहेको एक पोल्ट्री फर्ममा काम गर्ने दुई जना र एउटा बच्चा तथा फर्मका मालिक गरी चार जना बिरामी परेका हुन् ।
कावासोती–१४ स्थित सुरज पोल्ट्री फर्मका कामदारहरु कावासोती–१४ की २४ वर्षीया शान्ति परियार, शान्तिकी ६ वर्षीय छोरी रोशनी परियार, २३ वर्षीया पूर्णिमा परियार र पोल्ट्री फर्म सञ्चालक कावासोती–१४ का ४८ वर्षीया निलकण्ठ तिमिल्सिना बिरामी भएका हुन् ।
प्रहरीका अनुसार उनीहरुले पोल्ट्री फर्मको बारीमा उम्रिएका च्याउ पकाएर खाएका थिए । च्याउ खाइसकेपछि उनीहरु बिरामी परेका हुन् । मंगलबार राती बिरामी परेका उनीहरुको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बिरामीको अवस्था खतरामुक्त रहेको तथा फर्म सञ्चालक तिमिल्सिनाको थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज बताएको छ ।
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]