Listen Live: 

पत्रमा शाहुलाई सुझाव दिँदै चोरेको ९ तोलामध्ये ४ तोला सुन ‘कुकर बम’ मा राखेर फिर्ता

Radio Chitwan
शुक्रबार, चैत्र ११, २०७८

धनगढी,११चैत । कैलालीको गोदावरी नगरपालिका १ अत्तरियास्थित नवीन शाहुको घर अगाडि गएको मङ्गलबार बिहानै प्लास्टिकको थैलो प्रेसर कुकर भेटियो । बाहिर लेखिएको थियो ‘खतरा’ । बम भएको भन्दै टोलमा एकाएक त्रास फैलियो ।
स्थानीयले प्रहरीलाई खबर गरे । उक्त प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइयो ।

नेपाली सेनाको टोलीले डिस्पोज गरेर हेर्दा त्यस भित्र सुनका गहना र केही नगद भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । उनका अनुसार जम्मा चार तोला सुन फेला परेको थियो ।
त्योसँगै कुकरमा एउटा पत्र समेत फेला पर्‍यो । पत्रअनुसार त्यो भेटिएको सुन र नगद घरधनी नवीन शाहुको थियो । प्रहरीका अनुसार शाहुको करिब ९ तोला सुन र नगद १ लाख रुपैयाँ गएको मंसिर १४ घरबाट चोरी भएको थियो । घरमा कोही नभएका बेला राति ताला फोडेर घरमा चोरी भएको त्यसअघि शाहुले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।


प्रेसरमा राखिएको सुन र नगद पनि उनकै भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । प्रेसर कुकरमा भेटिएको पत्रमा शाहुलाई सुझावसमेत दिइएको छ । प्रहरीका अनुसार पत्रमा शाहुलाई सबैको मान मर्यादा राख्न र समाजमा मिलेर बस्न सुझाव दिइएको छ । शाहुले इलाका प्रहरीमा उजुरी दिएका छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

आन्य समाचारहरु:-
August 1, 2023
सोलुखुम्बुमा छोरीलाई करणी गर्ने बाबुलाई ५२ वर्ष कैद

सोलुखुम्बु - सोलुखुम्बुमा आफ्नै नाबालिग छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । १० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदूधकुण्ड नगरपालिकाका ३५ वर्षीय […]

July 27, 2023
एनएमबी बैंक लुटिएको ५७ दिनपछि एक लुटेरा पक्राउ

महोत्तरी, साउन ११- महोत्तरीको महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंक लुटेर भागेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत जेठ १६ गते दिउँसो भएको बैंक लुटपाटको घटनामा संलग्न लुटेरामध्ये एक […]

May 9, 2023
चितवनका व्यवसायी कँडेल आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुगटा भारतमा लुकेको आशंका

चितवन, वैशाख २६( चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले कँडेल परिवारले दिएको किटानी जाहेरीको आधारमा आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुंगटालाई अहिलेसम्म पक्राउ गर्न […]

May 5, 2023
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपाका सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार

काठमाडौं, वैशाख २२( नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा ९एमाले० का सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी फरार भएका छन्। बुधबार पक्राउ पुर्जी […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram