काठमाडौं, असोज ९ सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ । मंगलबार न्यायाधीश […]
स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी नगरपालिका

चितवन। खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ ।
कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भन्नुभयो, “ स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी विश्वस्त छौँ ।” ती शिक्षकले अन्य शिक्षकसरह हप्तामा कम्तीमा २८ कक्षा पढाउनुपर्ने हुन्छ ।
खैरहनीमा विसं २०७६ यता विषयगत, कक्षागत र विद्यार्थी सङ्ख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउँदै आएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरी स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिएको हो ।
स्वयंसेवक शिक्षकका लागि यस वर्ष नगरपालिकाले रु ८८ लाख २५ हजार बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । स्वयंसेवक शिक्षकको नियुक्ति पाउनेमा बालविकासतर्फ ११, प्राथमिक तह ९कक्षा १–५० का २५, आधारभूत तह ९कक्षा ६–८०मा गणित र विज्ञान विषयका चार र मावि तहको नेपाली विषयको एकजना रहेका छन् ।
स्वयंसेवक शिक्षकका लागि आवेदन दिएका दुई सय ७२ मध्ये दुई सय ६८ जना सूचीकृत भएका थिए । यसमध्येबाट योग्यताक्रमका आधारमा ४१ जना छनोट गरिएको हो । सुत्केरी बिदा र वैदेशिक यात्रामा गएका बेला रिक्त हुने स्थानमा स्वयंसेवक शिक्षक नै खटाइने छ
काठमाडौं,असोज ९- चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सहमति भएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि […]
चितवन असोज ८- चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा गैँडा पुष्पा र अञ्जली मङ्गलबार कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । गैँडा नभएको कोशीमा पुष्पा र अञ्जली मात्रै हुनेछन् । […]
काठमाडौं,असोज ८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको […]