Listen Live: 

रत्ननगरमा तीज सांस्कृतिक तथा व्यापारिक महाेत्सव हुने

Radio Chitwan
सोमवार, भदौ ११, २०८०

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही भदाैं २६ गते देखि असाेज ८ गते सम्म रत्ननगर तीज साँस्कृतिक तथा व्यापारिक महाेत्सव हुने भएकाे छ । रत्ननगर वडा नं ३ मा रहेकाे दी हेल्पिङ युथ क्लवले हरितालिका तीजकाे अबसर पारेर साे महाेत्सव गर्न लागेकाे हाे । महाेत्सवकाे उद्देश्य र तयारीकाे विषयमा आयाेजकले आइतबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी दिएकाे हाे । संस्कृति संरक्षणसंगै चितवन जिल्लाकाे आर्थिक विकासकाे लागि महाेत्सव आयाेजना गरिएकाे क्लवका अध्यक्ष संजय तामाङले जानकारी दिए । महाेत्सव शान्तिचाेक स्थित खालीचाैरमा हुने छ ।

काेराेनापछि तीजमा दिदी बहिनीहरू राम्ररी रमाउन सकेका छैनन् महाेत्सव मुल समाराेह समितिका संयाेजक समेत रहेका तामाङले भने संस्कृति संरक्षणसंगै महाेत्सवले जिल्लाकाे आर्थिक विकासमा समेत टेवा पु-याउने छ । महाेत्सवमा १५० देखि २०० वटा स्टल रहने छ । महाेत्सवमा तीज केन्द्रीत स्टलसंगै तीजकाे दिन महाेत्सव भित्र भब्य तीज गीत कार्यक्रम गरिने छ । स्थानीय स्तरका प्रतिभा पहिचान र स्थानीउ उत्पादनकाे बजारीकरण गरि ग्रामिण क्षेत्रकाे उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेकाे महाेत्सव मुल समाराेह समितिका संरक्षक सुजन क्षेत्रीले बताए । काेराेना महामारीकाे चपेटामा रहेकाे चितवनकाे पर्यटनलाई उकास्ने गरि महाेत्सवमा गतिविधि समावेश गरिने छ । महाेत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदकाे विकासमा याेगदान दिने उनले बताए । ओम शक्ति मारुती इभेन्ट एण्ड म्यानेजमेन्ट नामक संस्थाकाे सहयाेगमा हुने साे महाेत्सवकाे संरक्षकमा रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघ रहेका छन् । महाेत्सवमा बाल उद्यन, कृषि परिसर तथा सांस्कृतिक कार्यक्रम तर्फ तीज गीत प्रतियाेगिता तथा नृत्य प्रतियाेगिता समेत हुने महाेत्सव मुल समाराेह समितिका सदस्य राजु लामाले बताए ।महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने छ । दैनिक रत्ननगर कलामन्दिरका कलाकारहरुकाे बेजाेड प्रस्तुती रहने छ । पत्रकार सम्मेलनमा सुर्यमान तमाङ, अशाेक लामा, जुलुस घिसिङ, जीवन पाठक लगायतकाे उपस्थिति रहेकाे थियाे ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram