Listen Live: 

रत्ननगरमा तीज सांस्कृतिक तथा व्यापारिक महाेत्सव हुने

Radio Chitwan
सोमवार, भदौ ११, २०८०

रत्ननगर । पूर्वी चितवनकाे रत्ननगरमा यही भदाैं २६ गते देखि असाेज ८ गते सम्म रत्ननगर तीज साँस्कृतिक तथा व्यापारिक महाेत्सव हुने भएकाे छ । रत्ननगर वडा नं ३ मा रहेकाे दी हेल्पिङ युथ क्लवले हरितालिका तीजकाे अबसर पारेर साे महाेत्सव गर्न लागेकाे हाे । महाेत्सवकाे उद्देश्य र तयारीकाे विषयमा आयाेजकले आइतबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी दिएकाे हाे । संस्कृति संरक्षणसंगै चितवन जिल्लाकाे आर्थिक विकासकाे लागि महाेत्सव आयाेजना गरिएकाे क्लवका अध्यक्ष संजय तामाङले जानकारी दिए । महाेत्सव शान्तिचाेक स्थित खालीचाैरमा हुने छ ।

काेराेनापछि तीजमा दिदी बहिनीहरू राम्ररी रमाउन सकेका छैनन् महाेत्सव मुल समाराेह समितिका संयाेजक समेत रहेका तामाङले भने संस्कृति संरक्षणसंगै महाेत्सवले जिल्लाकाे आर्थिक विकासमा समेत टेवा पु-याउने छ । महाेत्सवमा १५० देखि २०० वटा स्टल रहने छ । महाेत्सवमा तीज केन्द्रीत स्टलसंगै तीजकाे दिन महाेत्सव भित्र भब्य तीज गीत कार्यक्रम गरिने छ । स्थानीय स्तरका प्रतिभा पहिचान र स्थानीउ उत्पादनकाे बजारीकरण गरि ग्रामिण क्षेत्रकाे उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेकाे महाेत्सव मुल समाराेह समितिका संरक्षक सुजन क्षेत्रीले बताए । काेराेना महामारीकाे चपेटामा रहेकाे चितवनकाे पर्यटनलाई उकास्ने गरि महाेत्सवमा गतिविधि समावेश गरिने छ । महाेत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदकाे विकासमा याेगदान दिने उनले बताए । ओम शक्ति मारुती इभेन्ट एण्ड म्यानेजमेन्ट नामक संस्थाकाे सहयाेगमा हुने साे महाेत्सवकाे संरक्षकमा रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघ रहेका छन् । महाेत्सवमा बाल उद्यन, कृषि परिसर तथा सांस्कृतिक कार्यक्रम तर्फ तीज गीत प्रतियाेगिता तथा नृत्य प्रतियाेगिता समेत हुने महाेत्सव मुल समाराेह समितिका सदस्य राजु लामाले बताए ।महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने छ । दैनिक रत्ननगर कलामन्दिरका कलाकारहरुकाे बेजाेड प्रस्तुती रहने छ । पत्रकार सम्मेलनमा सुर्यमान तमाङ, अशाेक लामा, जुलुस घिसिङ, जीवन पाठक लगायतकाे उपस्थिति रहेकाे थियाे ।

आन्य समाचारहरु:-
January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

January 12, 2025
कुलमानको स्पष्टीकरण सिंहदरबारमा

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ सिंहदरबारमा पठाइदिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङसँग पुस २२ गते आठ बूँदे स्पष्टीकरण […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram