चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खाेटाङमा पहिराे जाँदा दुई वटा घर र चार वटा गाेठमा क्षति
खाेटाङ - खाेटाङमा पहिराे जाँदा दुई वटा घर र चार वटा गाेठमा क्षति पुगेकाे छ ।
गएराति गएकाे पहिराेले खाेटाङकाे चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङ र ऐँसेलुखर्क गाउँपालिका–७ माक्पाका तेजबहादुर कामीको घर पुरेकाे हाे ।
पहिरोले बुद्धिमान तामाङको घरमा पूर्णरुपमा क्षति पुग्दा तीन लाख रुपैयाँ बराबरको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयाे ।
यस्तै, चार वटा गाेठ पुरिँदा दुई वटा भैँसी, दुई वटा पाडा, एउटा गोरु र सात वटा खसी बाख्रा मरेका उहाँले बताउनु भयाे ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका तीर्थबहादुर विक, खोटेहाङ गाउँपालिका–८ सिमपानीका राजेन्द्र प्रधान, साकेला गाउँपालिका–३ खिदिमाका कुनुराम राई र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबुका देवेन्द्र राईकाे गाेठ पहिराेले पुरेकाे हाे ।
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ सिंहदरबारमा पठाइदिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङसँग पुस २२ गते आठ बूँदे स्पष्टीकरण […]