Listen Live: 

पीएनजीले नेपाललाई दियो २ सय ९३ रनको लक्ष्य

Radio Chitwan
शुक्रबार, चैत्र ११, २०७८

काठमाण्डौ, ११ चैत्र । नेपालले पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेटमा दुई सय ९३ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनायो । पीएनजीका लागि चार्ल्स अमिनीले ७३, असाद भालाले ६० र नोर्मान भानुआले ४७ रन बनाए । बलिङतर्फ कमल ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए । यस्तै सन्दीप लामिछाने र पवन सर्राफले १–१ विकेट लिए ।

एकदिवसीयमा यो पीएनजीको अहिलेसम्मकै ठूलो योगफल हो । यसअघि पीएनजीले हङकङसँगको एकदिवसीय क्रिकेटमा सन् २०१४ मा दुई सय ६४ रनको सर्वाधिक ठूलो योगफल बनाएको थियो ।
त्यस्तै पीएनजी नेपालसँगको खेलमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ । यसअघि सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालसँगको तेस्रो एकदिवसीय खेलमा दुई सय ५४ रन बनाएको थियो जुन नेपालले एकदिवसीयमा पाएको सर्वाधिक ठूलो लक्ष्य थियो । यद्यपि नेपालले पारस खड्काको एक सय १५ रनको सहयोगमा नेपालले त्यो लक्ष्य पूरा गरेको थियो । यो नै नेपालले एकदिवसीयमा पूरा गरेको र बनाएको अहिलेसम्मको सर्वाधिक ठूलो योगफल थियो ।

नेपालले आज र भोलि पीएनजीसँग दुई वटा एकदिवसीय खेल खेल्दैछ। यस्तै मार्च २८ देखि अप्रिल ४ तारिखसम्म नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच सात वटा खेलको टी–२० शृङ्खला हुँदैछ ।

आन्य समाचारहरु:-
September 5, 2023
एसिया कपमा भारतसँग नेपाल १० विकेटले पराजित

चितवन भदौ १८भारतसँग पराजयसँगै नेपाल एसियन कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२० दशमलव १ ओभरमा […]

May 5, 2023
पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता

चितवन। पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर जेसीज बीच शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियाेगिता गरिएकाे छ । जेसीज सप्ताहकाे अवसरमा आयाेजित खेल जेसीजले २- १ गोल अन्तरले जित हात पारेको छ […]

April 20, 2023
भरतपुरमा सम्पन्न भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि पाहुना टोली काठमाडौंले जिते

चितवन, वैशाख ७( भरतपुरमा सम्पन्न भरतपुर मेयरकप बागमती प्रदेश यु १६ क्रिकेटको उपाधि पाहुना टोली काठमाडौंले जितेको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको आजको फाइनल खेलमा घरेलु टोली […]

April 2, 2023
पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं दुबई उडान ११ घण्टा डिले

काठमाडौँ, चैत १९( पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं(दुबई उडान ११ घण्टा डिले भएको छ । शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram