Listen Live: 

कालीमाटी बजारले २ दिनपछि बल्ल प्याजको भाउ तोक्यो, भारतबाट आयात शुरु

Radio Chitwan
बिहिबार, भदौ ७, २०८०

काठमाण्डाै – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दुई दिनपछि भारतीय सुकेको प्याजको मूल्य तोकेको छ ।

आज बिहीवार कालीमाटी थोक तरकारी बजारमा भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ७५ रुपैयाँ कायम भएको हो । भारत सरकारले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज नभित्रिएको भन्दै दुई दिन मूल्य तय भएको थिएन ।

प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने भारतले निर्णय गर्नुभन्दा अगाडि गएको आइतवार कालीमाटीमा प्याजको अधिकतम मूल्य प्रतिकिलो ६२ रुपैयाँ र न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो  । सोमवार भने प्याजको मूल्य २० रुपैयाँसम्म बढेको थियो । अस्ति मङ्गलवार र हिजो बुधवार मूल्य तोकिएको थिएन ।

यसैबीच आजदेखि कालीमाटीमा प्याजको आयात पनि शुरु भएको समितिका कर्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताउनुभयो ।

आन्य समाचारहरु:-
December 6, 2023
रत्ननगर मेयर कप : इच्छाकामनालाई हराउदै रत्ननगर फाइनलमा प्रवेश

रत्ननगर । रत्ननगर नगरपालिका चितवन अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर […]

December 4, 2023
पूर्वी चितवन पत्रकार मञ्चकाे नयाँ समिति चयन, अध्यक्षमा हाेमनाथ सापकाेटा

रत्ननगर ,मंसिर १८- पूर्वी चितवन पत्रकार मञ्चकाे अध्यक्षमा पत्रकार हाेमनाथ सापकाेटा चयन भएका छन् । साेमबार सम्पन्न मञ्चकाे विशेष अधिवेशनले आगामी कार्यकालकाे लागि सापकाेटाकाे नेतृत्वमा नयाँ समिति चयन गरेकाे हाे […]

December 4, 2023

रत्ननगरमा पालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु, पहिलाे खेलमा आयाेजक रत्ननगर विजयी भएकाे छ । राप्ती नगरपालिकालाई २-० गाेल अन्तरले पराजित गर्दै रत्ननगर विजयी भएको हो ।

December 4, 2023
साैराहामा मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुँदै

रत्ननगर, मंसिर १७ । चितवनको पर्यटकीय नगरी रौराहामा यही मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ । केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
कार्यकारी सम्पादक : 
निरु चेपाङ
प्राबिधिक : 
अनुज प्रजा
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram