चितवन,असोज ७- बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी […]
युवतीलाई प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै २ लाख ठगी गर्ने नरेश गौतम पक्राउ

काठमाडौं,भदौ ७–
एक युवतीलाई प्रहरी जवानमा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–३ घर भइ काठमाडौं चन्द्रागिरी बस्ने ५८ वर्षीय नरेश गौतम छन्। उनले दाङकी २२ वर्षीया एक युवतीलाई प्रहरी जवानमा भर्ना गराइदिन्छु भन्दै पटक–पटक गरेर २ लाख रुपैयाँ लिएर ठगी गरेका थिए।
पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ। काठमाडौंबाट पक्राउ गरी दाङ लगिएका उनीविरुद्ध ठगी कसुरमा १२ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए।
काठमाडौँ, असार ०७-नेकपा एमाले बाग्मती प्रदेशको नयाँ नेतृत्व छनोट गर्नका लागि अधिवेशन नजिकिँदैछ । अहिले नेतृत्वका लागि विभिन्न नेताहरु लागिपरेका छन् । नेताहरु केन्द्रिय अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुलाई […]
काठमाडौं,असोज ५- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो […]
काठमाडौँ, असोज ५- आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक र सरकारबीच आज औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र […]