Listen Live: 

चितवनमा ‘एक्सपर्ट एजुकेशन फेष्ट’ भोलि हुँदै, सबै तयारी पुरा

Radio Chitwan
मङ्लबार, भदौ ५, २०८०

चितवन, भदौँ ५–
एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा भोलि (बुधबार) ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ हुँदैछ ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३’ को सम्पूर्ण तयारी पूरा भइसकेको छ । एक्सपर्ट एजुकेशन फेष्ट विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ ।
फेष्टमा उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्यूजील्याण्ड जान चाहने विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने छन् । फेष्टमा एसीयु, साउथन क्रस युनिभर्सिटि, अष्ट्रेलियन स्कुल अफ अकाउण्टिङ, कपलान बिजनेस स्कुललगायत ३९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु आउँदै हुनुहुन्छ । सहभागिहरुले कलेज तथा विश्वविद्यालयबाट आउनु भएका प्रतिनिधिहरुबाट ‘वान टु वान काउन्सेलिङ’ गर्न सक्नुहुनेछ । ‘एक्सपर्ट एजुकेशन फेष्ट–२०२३ को सम्पूर्ण तयारी पुरा भइसकेको छ, कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरु सबै आइसक्नु भएको छ, कार्यक्रम समयमै सुरु हुन्छ’ एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले भन्नुभयो–‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनु हुने विद्यार्थीहरुले कार्यक्रममा सहभागि भइ मौकाका फाइदा उठाउन सक्नु हुनेछ ।’
प्रबन्ध निर्देशक अधिकारीले एकै ठाउँमा प्रत्यक्ष रुपमै आफूले पढ्न चाहने कलेज र जाने प्रक्रियाको बारे बुझ्न सकिने भएकाले विद्यार्थी तथा अभिभावकहरुलाई फेष्टमा सहभागिता जनाउन अनुरोध गर्नुभएको छ । ‘यस फेष्टले विद्यार्थी तथा अभिभावकको कौतुहलता मेटाउन सक्छ, आफैले प्रत्यक्ष रुपमा कलेजकै प्रतिनिधिबाट जानकारी लिन सकिने भएकाले बढी प्रभावकारी हुन्छ’–प्रबन्ध निर्देशक अधिकारीले भन्नुभयो । फेष्टमा ब्रिटिस काउन्सीलले आइइएलटिएस गर्न चाहने विद्यार्थीहरुलाई तयारीका बारेमा प्रत्यक्ष रुपमा जानकारी प्रदान गर्नेछ ।
यस्तै फेष्टमा बैंकिङ पार्टनरको रुपमा माछापुच्छ्रे बैंक रहेको छ । फेष्टमा सहभागिहरुलाई बैंकले विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई आवश्यक बैंकिङ परामर्श प्रदाने गर्नेछ ।
फेष्टमा सहभागि हुनेलाई उपहारै उपहार
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले विभिन्न समयमा हुने फेष्टमा सहभागिहरुलाई हात खाली नजाने उपहारको व्यवस्था गर्दै आइरहेको छ । एक्सपर्टले यसपटक पनि त्यसलाई निरन्तरता दिएको छ । यसपटक उपहारलाई झनै व्यवस्थित गर्दै बम्बर उपहारको व्यवस्था गरिएको छ । लक्की ड्र मार्फत दुई जनाले भरतपुर–२९ मा संचालित हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङको टिकट पाउने छन् । अन्य केहीले प्याराग्लाइडिङमा ४५ प्रतिशतसम्म छुट पाउने एक्सपर्टले जनाएको छ । यस्तै लक्की ड्र मार्फत नै ४० जनाले गैंडाकोटको मौलाकालिका मन्दिर दर्शनका लागि मौलाकाली केबलकारको टिकट पाउने छन् । यसपटक सहभागिलाई सिनेमा हेर्न अवसर समेत मिलेको छ । लक्की ड्र मार्फत नै ३० जनाले भरतपुरको सीजी ल्याण्डमार्कमा रहेको सिनेप्लेक्सको टिकट उपहार पाउने छन् । त्यससंगै विद्यार्थीहरुलाई हातखाली नजाने अन्य विभिन्न उपहारहरु समेत प्रदान गरिनेछ ।

आन्य समाचारहरु:-
April 22, 2024
कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

काठमाडौं– कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराह्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय […]

April 22, 2024
भरतपुर अस्पतालका वेथिति र समस्याहरुप्रति अनेरास्ववियु चितवनको ध्यानाकर्षण

चितवन, १० वैशाख । भरतपुर अस्पतालमा अवैध क्रियाकलाप, बेथिति र समस्याहरुको चाङ् रहेको भन्दै अनेरास्ववियु चितवनले ध्यानाकर्षण गराएको छ । आज नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन […]

April 22, 2024
कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको […]

April 21, 2024
रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram