रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी […]
न्यायाधीश र मन्त्रीका श्रीमतीको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा गिरोह पक्राउ

काठमाडौं,भदौ ५-
फेसबुक ह्याक गरी ठगी गर्ने गिरोहले न्यायाधीशदेखि मन्त्रीसम्मका श्रीमतीलाई पीडित बनाएको खुलेको छ। बागमती प्रदेश सरकारका एक मन्त्री र काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशका श्रीमतीको फेसबुक ह्याक भएको हो। उनीहरुको फेसबुक ह्याक गरेर ठगी गरेको आरोपमा प्रहरीले गिरोहलाई पक्राउ गरेको छ।
केहि दिन अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेसबुक ह्याक गरी साथीको सूचीमा रहेकासँग पैसा माग गर्ने गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार उक्त गिरोहले ३० वटा फेसबुक आईडि ह्याक गरेको पाइएको छ भने १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको देखिएको छ। न्यायाधीशकी श्रीमती रहेकी पीडित सर्वोच्च अदालतमा कार्यरत उपसचिव पनि हुन्। काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।
चितवन, असोज १४ – चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला […]
काठमाडौं, असोज ११- एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, […]